तरुण कप भलिबलको तयारी तिब्र

khali

बेनी । आगामी फागुन महिनामा म्याग्दीको दरवाङ र नारच्याङमा हुन लागेको प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

नेपाल तरुण तल म्याग्दीले आयोजना गरेको प्रतियोगिताको प्रचारप्रसार, आर्थिक संकलन, अतिथिलाई निमन्त्रणा र स्थानीय स्तरमा समन्वयको कामलाई तिब्र पारिएको हो ।

फागुन ७ देखि ९ गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रदेशसभा क्षेत्र (ख) स्तरीय पुरुष भलिबल र फागुन १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रदेशसभा क्षेत्र (क) को अन्तर वडा क्षेत्रीय पुरुष र अन्तर पालिका जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुदैछ् ।

Shreekrishna hardwear in news
khali

दुई वटै पुरुष भलिबलमा बिजेतालाई एक लाख ११ हजार १११ रुपैयाँ र उपबिजेतालाई ६६ हजार छ सय ६६ रुपैयाँ तथा महिला भलिबलमा बिजेतालाई ७७ हजार सात सय ७७ रुपैया र उपबिजेतालाई ४४ हजार चार सय ४४ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

दुई वटै प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन नेपाली काँग्रेस म्याग्दी–काठमाडौ सम्पर्क समितिले गर्ने तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले बताउनुभयो । तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष सोहन श्रेष्ठ, सचिव मल्ल र कोषाध्यक्ष पदम छन्त्यालको टोलीले पोखरा र काठमाडौमा पुगेर प्रतियोगिताको बारेमा प्रचारप्रसारका साथै आर्थिक संकलन गर्नुभएको थियो ।

यसैगरी प्रतियोगिता सञ्चालन हुने दरवाङ र नारच्याङमा तरुण दल र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया गरेर तयारीलाई तिब्र बनाउने निर्णय भएको छ । म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रर्वद्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरुण दल म्याग्दीका कार्यबहाक अध्यक्ष रोकाले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनका लागि १५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको अवसरमा जिल्लाको विकास निर्माण, समस्या, आवश्यकताको विषयमा ध्यानाकर्षण गराउन प्रदेश र संघीय सरकारका मन्त्रीहरुलाई म्याग्दीमा आमन्त्रण गरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...