बिमबाट एक करोड २३ लाखको सुन्तला बिक्री

Gandaki Kotihome

शिव गौतम
बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले कोदो, मकै, गहुँ लगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ । बिमको १२ वटा टोलबाट यसपाली रु. एक करोड २३ लाखको सुन्तला बिक्री भएको छ ।

काठमाडौ र पोखराबाट आएका ब्यापारीले बगैचाबाटै प्रतिकिलो रु. ६५ का दरले सुुन्तला खरिद गरेर लगेका हुन् । गत वर्ष रु. ९० लाखको सुन्तला बिक्री भएको थियो । अर्कला टोलबाट रु. सात लाख, नरालेबाट रु. दश लाख, ओखलढुङ्गाबाट रु. १३ लाख, टुनिबोटबाट रु. १२ लाख, दुुलेबाट रु. २० लाख, बनसारबाट रु. १७ लाख, नौमानेबाट रु. १६ लाख, भारवाङबाट रु. १२ लाख, लुरवाङबाट रु. चार लाख, खाराबाट रु. चार लाख र ढुनोटबाट रु. आठ लाखको सुन्तला बिक्री भएको किसानहरुले बताएका छन् ।

Upper Myagdi transmition line notice

खारा–बिम सडक स्तरोन्नतिको क्रममा रहेकाले यसपाली सुन्तला ढुवानी गर्न कृषकहरुलाई समस्या भएको गुनासो गरेका छन् । सुन्तला बेचेर एक जना कृषकले रु. ५० हजार देखि रु. पाँच लाख सम्म आम्दानी गरेका छन् । ६० भन्दा बढी घरपरिवारले व्यवसायिक सुन्तला खेती गरेका भरवाङका अगुवा किसान हेम पुनले बताउनुभयो ।

Annapurna aarohan ko notice

पोखरा, चितवन र काठमाडौमा बिमको सुन्तला बिक्री भएको हो । गाउँकै युवाहरु मिलेर सुन्तला बजारीकरण गरेका छन् । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो ११ वर्षयता सुन्तला खेतीलाई आम्दानीको माध्यम बनाउनुभएको छ ।

“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैचा बगाएको थिए,” उहाँले भन्नुभयो “त्यतीबेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानु परेको छैन् । सुन्तला खेती पेन्सन जस्तो भएको छ ।” उहाँले वार्षिक रु. चार लाख सम्मको सुन्तला बिक्री गर्नुहुुन्छ ।

मालिका–७ बिमका ४६ वर्षीय भवीराज जुग्जाली पनि सुन्तला खेती गर्नुअघि कामको खोजीमा २६ महिना साउदीमा बिताउनुभयो । उहाँले यसपाली रु. छ लाख बराबरको सुन्तला बिक्री गर्नुभयो । जुग्जालीको बगैचामा तीन सय सुन्तलाका बोट छन् ।

“घरव्यवहार चलाउन, छोराछोरी पढाउन सुन्तला खेती गरेपछि सजिलो भएको छ,” उहाँले भन्नुभयो “दुई÷चार लाख कमाउनकै लागि विदेशमा गएर श्रम, पसिना बगाउनुभन्दा गाउँकै पाखावारीमा सुन्तला खेती गर्दा फाइदा र सजिलो छ ।”

सुन्तला बेचेर भएको आम्दानीले जुग्जालीले दुई जना छोरीलाई पोखरामा स्नातक तहमा पठाउनुभएको छ । व्यवस्थित सिचाई सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् । बिमको बन्सार टोलका भबिन्द्र शर्मा विदेशबाट फर्किएर व्यवसायिक सुन्तला खेती र बाख्रापालन गर्नुभएको छ । उहाँलाई गत वर्ष श्रम तथा रोजगार मन्त्रालयले उत्कृष्ट नमुना कृषकको रुपमा नगद सहित पुरस्कृत पनि गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...