उजुरीका लागि कुमारी सहकारी पिडितको प्रहरीमा ताँती

Gandaki Kotihome

बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका –७ घराम्दीका ५० वर्षीय डिलबहादुर गर्बुजाले बेनीको कुमारी बहुुउद्देश्यिय सहकारी संस्थामा १२ वर्षअघि मुद्दति खाता खोलेर राखेको रु. ४३ लाख बचत फिर्ताका लागि धाउन थालेको दुुई वर्ष पुुरा भयो ।

“१२ वर्ष कतारमा श्रम र पसिना बगाएर कमाएको सबै पैसा राम्रो ब्याजको प्रलोभनमा परेर सहकारीमा राखेको थिए,” गर्बुजाले भन्नुभयो “सहकारीले बचत फिर्ता नगरेपछि हामीहरु बिचल्लीमा परेका छौ ।”

रु. १० लाख १४ हजार बचत गरेकी घराम्दीकी ५० वर्षीया डिलशोभा गर्बुजाले सहकारीमा रकम डुबेपछि घरब्यवहार चलाउन, छोराछोरी पढाउन समस्या भएको गुनासो गर्नुभयो । “श्रीमानले विदेशमा दुःख गरेर कमाएको र मैले कुखुुरा चल्ला बेचेर जुटाएको पैसा राखेको बर्षौसम्म पनि सहकारीले फिर्ता दिएको छैन्,” उहाँले भन्नुभयो “आफ्नै पैसाका कारण आफैले दुःख पाउने अवस्था आयो ।”

Upper Myagdi transmition line notice

डिलबहादुर, डिलसोभा, छबहादुर पाईजा लगायत १३ जनाले पिडितहरु शुक्रबार सहकारीमा फसेको रकम उठ्ने आशामा दुई वटा जिप रिजर्भ गरेर प्रहरीमा उजुरीका लागि बेनी आउनुभएको थियो । उहाँहरुको रु. एक करोड भन्दा बढी रकम उक्त सहकारीमा फसेको छ ।

बेनी नगरपालिका–८ मा रहेको उक्त सहकारीबाट पिडित हुने बचतकर्ता घराम्दीका मात्र छैनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो पाँच दिनयता उक्त सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाईदिन आग्रह गर्दै उजुरी गर्न आउनेको भिड लागेको छ ।

Annapurna aarohan ko notice

माघ २१ गते प्रहरीले सार्वजनिक सूचना जारी गरेर पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायत प्रमाणको सक्कल साथमा लिई सम्पर्कमा आउनका लागि अनुुरोध गरेको थियो । प्रहरी निरीक्षक सागर पौडेलले कुमारी सहकारीको विषयमा अनुुसन्धानका लागि प्रमाण जुटाउन बचतकर्ताहरुबाट उजुरी लिने काम भइरहेको बताउनुभयो ।

शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको पत्रको आधारमा अनुसन्धानका लागि उक्त सहकारीका पूर्व सञ्चालक रहेका जल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई हिरासतमा राखिएको छ ।

थापा सहित सहकारीका तत्कालिन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मन प्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्र बहादुर गुरुङ, देवी कुमारी थापालाई पक्राउ गरि आबश्यक अनुसन्धान प्रकृया अघि बढाईएको प्रहरी निरिक्षक सागर पौडेलले बताउनुभयो ।

बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको थियो । अदालतले अनुुसन्धानका लागि उनिहरुलाई दोस्रो पटक बिहिबार थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ ।

सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...