
छोरा हो !
आँशु लुकाउनुपर्छ,
दुःख भएपनि बलेको कोईलामा खाली खुट्टो हाँस्दै हिड्नुपर्छ । (१)
छोरा हो !
बाँच्नुपर्छ,
मरेको लास भई दुःख लुकाई सबैको अगाडि झुटो हाँसो हाँस्नुपर्छ । (२)
कति सपना मार्यो त्यसले,
कति मन दुखायो,
धेरै सोचाईमा झुल्ने गथ्र्यो त्यो,
आफ्नो आँशुको धारा तौलियालाई भिजाएर सुकायो । (३)
बच्चै त थियो त्यो,
गल्ती के थियो र त्यसको,
अवुझ थियो त्यो,
बुझ्थ्यो होला तर माया गरी सम्झाउने को थियो र त्यसको । (४)

रमाउने उमेरमा संसार चिन्दै हिँडेछ,
थियो यो रमजम संसारमा,
सबैभन्दा भिन्दै आफ्नो मनमा,
अनेक चोट पुगाई अरूको दोष मेटाउने गर्छ । (५)

छोरा हो हजुर,
जस्तो सुकै कठिनाई परिस्थितिमा पनि,
दुःख लुकाई झुटो हाँसो हाँस्नुपर्छ। (६)
