जेसिजको पद हस्तान्तरण

Gandaki Kotihome

बेनी । युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासका साथै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजको नवनिर्वाचित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन् ।
म्याग्दी जेसीजको २६ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम मार्फत सन २०२५ का लागि अध्यक्षमा निर्वाचित विनोद घर्ति लगायत पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण संगै पद हस्तान्तरण गरिएको थियो । सन २०२४ का शाखा अध्यक्ष दिनेश बानियाँको गलाबाट चाँदीको माला झिकेर नवनिर्वाचित अध्यक्ष घर्तिको गलामा पहिराउँदै पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा म्याग्दी जेसीजका पूर्व बरिष्ट कार्यकारिणी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, नेपाल जेसीज बर्ष २०२५ क्षेत्र ख का लागि निरुपित राष्ट्रिय उपाध्इक्ष अभिषेक दुलाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री लगायतले नवनिर्वाचित समितिलाई बधाई ज्ञापनका साथै पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा म्याग्दी जेसीजको बर्ष २०२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने पदाधिकारीहरुलाई विभिन्न अवार्डद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा सज्जन श्रेष्ठ देवेन्द्र घिमिरे, कृष्ण प्रसाद पौडेल, विनोद घर्ति, अमिर श्रेष्ठ, गोकुल सुनार, गणेश सुवेदी, कपिल बानियाँ, डिके पुनलाई विभिन्न विधागत अवार्डद्धारा सम्मान तथा पुरस्कृत गरिएको थियो । म्याग्दी जेसीजले सन २०२४ मा बार्षिक कार्ययोजनाका साथै विभिन्न रचनात्मक कार्यक्रम गरि म्याग्दी जेसीजलाई राष्ट्रिय स्तरमा चिनारी गराउन सफल भएको थियो ।
सन २०२४ मा विभिन्न ४३ वटा कार्यक्रम सम्पन्न गरेको म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँले एसिया महादेशमा रहेका जेसीजहरुको कम्बोडियामा भएको सम्मेलनमा सहभागिता जनाउनुभएको थियो । त्यसैगरि म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्रीलाई समेत बर्ष २०२५ का लागि राष्ट्रिय उपाध्यक्षमा बिजयी गराउन म्याग्दी जेसीज सफल भएको छ । सन २०२४ म्याग्दी म्याग्दी जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गर्दै उत्कृष्ट शाखाको रुपमा नेपाल जेसीजबाट प्रदान हुने अवार्ड, एरिया बिमा उत्कृष्ट अनुशासित शाखाले पाउने अवार्ड र मार्च देखि अक्टोवर सम्म महिनामा सतप्रतिशत उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाले प्राप्त गर्ने अवार्ड समेत प्राप्त गर्न सफल भएको थियो । नवनिर्वाचित अध्यक्ष घर्तिले म्याग्दी जेसीजको गरिमालाई उच्च बनाउँदै यस बर्ष विभिन्न रचनात्मक र सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...