सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा सहित पाँच जना पक्राउ

Gandaki Kotihome

बेनी, । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् ।

बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार पक्राउ गरेको हो ।

थापा सहित सहकारीका तत्कालिन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मन प्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्र बहादुर गुरुङ, देवी कुमारी थापालाई पक्राउ गरि आबश्यक अनुसन्धान प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो । अदालतले अनुुसन्धानका लागि उनिहरुलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Shreekrishna hardwear in news

सहकारी रजिष्टार कार्यालय पोखराले गरेको छानविनको क्रममा उक्त सहकारीका बचतकर्ताहरुको रकम दुरुपयोग गरेको भेटिएको र आबश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएपछि जिल्ला जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा नेकपा एमालेका नेता समेत रहनुभएका जिसस प्रमुख थापासहितको समूहले सो सहकारीको बचत रकम निजी विद्यालय, घर जग्गा खरिदलगायतमा दुरुपयोग गरेको जनाईएको छ । थापा जिसस प्रमुख भएपछि सहकारीको साधारणसभा गराएर सञ्चालक समितिबाट बाहिरिनुभएको थियो । उहाँ कुमारी सहकारीको निवर्तमान उपाध्यक्ष हुनुुहुन्छ ।

थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन एक वर्षको समय दिएको थियो । तर, त्यो अवधिमा केही रकम सहकारीमा फिर्ता गरे पनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको हो ।

थापालाई आइतबार बिहान ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीको ठूलो रकम अपचलन हुँदा पनि राजनीतिक शक्ति र पहुँचको भरमा थापामाथि अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको आरोप थियो ।

थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । थापासहितको नेतृत्वको २०६५ सालमा खुलेको यो सहकारीबाट रु. एक अर्ब ४९ करोड अपचलन सुरुको प्रतिवेदनबाट देखिएको थियो ।

‘पोहोर साल माघमा निरीक्षण गरिएको हो । साविक सहकारी डिभिजन कार्यालयबाट पनि पटकपटक निर्देशन भइराखेको थियो । हिसाब मिलाउन समय पनि दिइएको थियो । गत असार १२ गते प्रतिवेदन तयार पारेर उहाँहरुलाई नै हिसाब मिलान गर्न र कैफियत सुधार गर्न दिएका हौं,’ सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका रजिस्ट्रार भेषराज रिजालले भन्नुभयो, ‘बीचमा पनि उपलब्धि देखिएन र पछि अनुगमन गर्दा पनि प्रगति देखिएन । त्यसपछि प्रहरीबाटै प्रक्रिया अगाडि बढाउन आजै बिहान पत्राचार गरिएको हो ।’

सुरुमा रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा १ अर्ब ४९ करोड अपचलन देखिएको भए पनि थापाले केही जग्गाको हिसाब मिलान गरेको बताउदै आउनुभएको थियो । तर, अझै पनि १ अर्ब ४२ करोड बाँकी देखिएको रिजालले बताउनुभयो ।

‘५५ करोड जति बचतकर्ताको रकम छ । त्यो पहिलो चरणमा मिलाइदिएको भए बाँकीको मिलानका लागि समय थप्दै जान सकिनेमा बचतकर्ताको रकम नै फिर्ता नभएपछि प्रहरीलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सिफारिस गरिएको हो,’ रजिस्ट्रार रिजालले भन्नुभयो ।

Notice about ban dadalo

सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको हो । २०६५ सालमा मनप्रसाद थजालीको अध्यक्षतामा गठन भएको सहकारीबाट निवर्तमान उपाध्यक्षसमेत रहेका जिसस प्रमुख थापालगायतको योजनामा रकम दुरुपयोग भएको प्रतिवेदनमा थियो । सहकारीमा अहिलेका अध्यक्ष यमबहादुर रोका, ऋण समिति संयोजक सूर्यबहादुर तिलिजा, लेखा समिति संयोजक गेमबहादुर घर्ती हुनुुहुुन्छ ।

थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । थापासहितको नेतृत्वको २०६५ सालमा खुलेको यो सहकारीबाट १ अर्ब ४९ करोड अपचलन सुरुको प्रतिवेदनबाट देखिएको थियो ।

२०७९ माघ २८ नयाँ कार्यसमिति चुनिएर आउनुभन्दा अगाडि नै सहकारीमा समस्या आइसकेको थियो । सहकारीमा २०८७ फागुनसम्म रुद्रबहादुर गुरुङ र त्यसपछि दिलिप रम्जाली व्यवस्थापक भएर काम गरेका थिए । सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम अहिले जिसस अध्यक्ष रहेका निवर्तमान उपाध्यक्ष राजकुमारलगायतले गरेको आरोप छ ।

सहकारी हिनामिना गर्नेमा समिति तथा अन्य उपसमिति रकर्मचारीसमेत रुद्रबहादुर गुरुङ, गेमबहादुर घर्ती मगर, यामबहादुर रोका, राजकुमार थापा, मनप्रसाद थजाली, रनमती गर्बुजा, गीता थापा मगर, देवीकुमारी थापा, दुतकुमारी शेरपुन्जा, थमबहादुर गर्बुजा, नरबहादुर थापा, बालकुमार रोका (पत्नी सगुन कसजुको नाममा लिएको ऋण समेत) संलग्न रहेको पाइएको छ । यसैगरी दिलबहादुर थापा मगर, दिलिप राम्जालीसमेत सहकारीको रकम हिनामिनामा संलग्न रहेको देखिएको छ ।

जिसस अध्यक्ष रहेका राजकुमारले पत्नीको नामको ऋणसमेत डर, त्रास र धम्की देखाएर मिलान गर्न लगाई सहकारीका बचतकर्ताको बचत अपचलन गरेको पाइएको हो । आफ्नो व्यक्तिगत लाभमा सहकारीको रकम प्रयोग गर्दा बचतकर्तालेसमेत रकम फिर्ता पाउन सकेका छैनन् ।

सम्पत्तिको गैरकानुनी स्रोत लुकाउनको लागि काल्पनिक खाता खोलेर कारोबार गर्ने, विभिन्न नाममा काल्पनिक ऋण तथा पेस्की खाताहरु खोलेर कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । राजकुमारको लगानी रहेको बुद्ध एकेडेमी बोर्डिङ सञ्चालकहरुको सल्लाहमा यो सहकारी २०६५ सालमा खुलेको थियो । सहकारीका एक सञ्चालकका अनुसार जिसस प्रमुख थापाले कुमारी सहकारीको रकम मिलान गराउनका लागि भन्दै बोर्डिङ स्कुलसमेत बिक्री गरेका छन् ।

राजकुमार थापा र लोकबहादुर पुनको नाममा घर–जग्गा किन्न, पोखराको हेमजामा प्लटिङ गर्न, बेनी नगरपालिका संगम चोकमा मनप्रसाद थजालीको नाममा घरजग्गा किन्न, पर्वतको जलजला माझफाँट–८ बौरमा राजकुमार र थमबहादुर गर्बुजाको नाममा, बुद्ध एकेडेमी लगायतमा सहकारीको रकम अपचलन भएको पाइएको छ ।

जिसस प्रमुख राजकुमारसहित रुद्रबहादुर गुरुङ, बालकुमार रोका, लोकबहादुर पुन, गेमबहादुर घर्तीमगर, मनप्रसाद थजाली, थमबहादुर गर्बुजाको नाममा जग्गा किन्न लगेको रकमलाई शून्य प्रतिशत सिस्टममा देखाई रकम प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जिसस प्रमुख राजकुमारसहित रुद्रबहादुर गुरुङ, बालकुमार रोका, लोकबहादुर पुन, गेमबहादुर घर्तीमगर, मनप्रसाद थजाली, थमबहादुर गर्बुजाको नाममा जग्गा किन्न लगेको रकमलाई शून्य प्रतिशत सिस्टममा देखाई रकम प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीहरुलाई प्रयोग गरी सञ्चालक समितिको साथ र सहयोगमा जिसस अध्यक्ष राजकुमारसमेतका व्यक्तिहरुले रकम चलाएका हुन् । बुद्ध एकेडेमीसँग सम्बन्धित खाताहरुमा रकम थप गरी पुनः कर्जा सिर्जना गर्दा र राजकुमार थापा नामको कर्जाहरु चुक्ता गर्न करोडौँ रकम देखिएको छ । करिब १६ करोड रुपैयाँ जिसस प्रमुख थापाको संलग्नतामा हिनामिना भएको देखिएको हो ।

कुमारी सहकारीको रकम अपचलनको समाचार बाहिरिएसँगै जिसस प्रमुख थापाले आफूले सबै हिसाब मिलाउने र बचतकर्ताको रकम पनि फिर्ता गर्ने अनलाइनखबरसँग बताएका थिए । केही सञ्चालक तथा साझेदारका हिसाब मिलानको प्रयत्न गरे पनि बचतकर्ताको रकम फिर्ता नभएपछि उनीमाथि थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कर्जाको सिस्टममा ब्याजदरसमेत शून्य प्रतिशत कायम गराएर झण्डै १५ करोड रुपैयाँ रकम दुरुपयोग भएको पाइएको छ । सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार यो सहकारीमा झण्डै १२÷१५ जनाको मुख्य संलग्नता देखिने भए पनि मुख्य अपचलनमा संलग्न रहेको भन्दै थापालाई पक्राउ गरिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...