रत्नेचौर जागरण कप पकुवालाई

Gandaki Kotihome

रत्नेचौर, ः बेनी नगरपालिका–१ मा शनिबार रु. एक लाख पुरस्कार राशीको चौथो रत्नेचौर जागरण कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

रत्नेचौर जागरण समुहको आयोजनामा माघ १५ गतेदेखि शुरु भएको खुल्ला÷पालिका÷वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता थियो । उक्त प्रतियोगितामा तंग्राम बागलुङलाई ३÷० को सोझो सेटमा पराजित गर्दै पकुवा पर्वत बिजयी भएको रत्नेचौर जागरण समूहका सदस्य अमर बोगटीले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. एक लाख एक हजार एक सय एघार र रु. ५१ हजार एक सय ११ पुरस्कार प्रदान गरिएको छ । उक्त कार्यक्रममा एकल खुुल्ला नृत्य, छेलो फाल्ने, स्लो स्कुटी रेस, महिला तातो आलु, म्युजिकल चियर प्रतियोगिता पनि भएको थियो ।

Upper Myagdi transmition line notice

पुरुष छेलोमा बानपा ४ का विजय परियार, महिला छेलोमा अर्जमका साजना पुन, तातो आलु खाने प्रतियोगितामा रत्नेचौरका डेजिना खत्री, स्लो स्कुुटीमा रत्नेचौरका प्रिया थापा र म्युजिकर चियरमा रत्नेचौरका सानु केसी बोगटी बिजयी हुनुभएको थियो ।

कलाकार शान्तिरानी परियार र दिपेश थापाको सांगितिक प्रस्तुति पनि थियो । तोरी फुलेर मनमोहक बनेको रत्नेचौर पृष्ठभूमिमा देखिने धौलागिरी हिमालको दृष्य अवलोकनका लागि पछिल्लो समय पर्यटकको गन्तब्य बनेको छ । रत्नेचौरको श्रीहरी मन्दिर र कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि रत्नेचौरको अर्को आकर्षण हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...