जिल्ला स्तरीय बास्केटबल प्रतियोगिताको उपाधी शिख माविलाई

khali

शिख । जिल्ला स्तरीय अन्तर मावि बास्केटबल प्रतियोगिताको उपाधी आयोजक शिख माविले जितेको छ ।

बिहिबार भएको फाइनलमा गलेश्वर मावि तोरीलाईलाई पराजित गर्दै शिख मावि बिजयी भएको हो । शिख माविका सुदिप बरुवाल उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने शिखकै सुजल परियार हाई स्कोरर बन्नुभयो ।

गलेश्वर, प्रभा, हिमाञ्चल, मुक्तिमार्ग, पाउद्धार, प्रकाश माविको एक÷एक र आयोजक शिख माविको तीन टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता २ दिनसम्म सञ्चालन भएको थियो ।

Shreekrishna hardwear in news
khali

बिजेता र उपबिजेतालाई ट्रफी, मेडलको साथमा नगद रु. ३० हजार र २० हजार पुरस्कार प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समिति बागबिर पाइजा, प्रअ मिना शर्मा सुवेदी, प्रतियोगिता संयोजक खेम पाईजालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

म्याग्दी जिल्लामा पछिल्लो समय बास्केटबल खेलप्रति आकर्षण बढेको, म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा जित हाँसिल गरेका छन् । विद्यालय तहमा रहेका बास्केटबल खेल प्रतिभा पहिचान र उनिहरुलाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरेको संयोजक पाइजाले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...