दरवाङ र नारच्याङमा तरुण कप भलिबल हुने

khali

बेनी, म्याग्दीमा आगामी फागुन महिनामा प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

नेपाल तरुण तल म्याग्दीले बिहिबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । फागुन ७ देखि ९ गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रदेशसभा क्षेत्र (ख) स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने तरुण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

उहाँका अनुसार फागुन १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रदेशसभा क्षेत्र (क) को अन्तर वडा क्षेत्रीय पुरुष र अन्तर पालिका जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

Shreekrishna hardwear in news

दुई वटै पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार १११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ तथा महिला भलिबलमा बिजेतालाई रु. ७७ हजार सात सय ७७ र उपबिजेतालाई रु. ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरिने तरुण दल म्याग्दीका सचिव सुमन बानियाले बताउनुभयो ।

khali

प्रदेशसभा क्षेत्र (क)मा पर्ने बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको २६ वडाको नारच्याङ र प्रदेशसभा क्षेत्र (ख) का धवलागिरी, मालिका र मङ्गला गाउँपालिकाका १९ वटा वडाको दरवाङमा प्रतियोगिता आयोजना गरिएको हो ।

म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रर्वद्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरुण दल म्याग्दीका कार्यबहाक अध्यक्ष रोकाले बताउनुभयो ।

प्रतियोगिताको अवसरमा प्रदेश र संघीय सरकारका मन्त्रीहरुलाई म्याग्दीमा आमन्त्रण गरेर जिल्लाको विकास निर्माण, समस्या, आवश्यकताको विषयमा ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि प्रचारप्रसार, आर्थिक संकलनसँगै खेलमैदान ब्यवस्थापन लगायतको तयारी शुरु गरिएको तरुण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो । उपसमितिहरु बनाएर तयारीलाई तिब्रता दिएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), तरुण दलका केन्द्रिय सदस्य बिक्रम बोगटी लगायत नेताहरुको उपस्थिति थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...