बेनी बोर्डिङ कप शुरु

khali

बेनी, । बेनीमा मङ्गलवारदेखि ज्ञानीराजा मल्ल ‘१३ औ बेनी बोर्डिङ कप –२०८१’ फुटबल प्रतियोगिता शुरु भएको छ ।

khali

बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा शुरु भएको कक्षा ८ देखि तल्लो कक्षाका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा १३ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रमुख रेफ्री पुरन छन्त्याललाई बल हस्तारण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको खेलहरु भने बुधबार देखि बेनीको खुल्ला मञ्च खेलमैदानमा हुने बेनी बोडिङका प्रबन्ध निर्देशक सनम बानियाले बताउनुभयो । माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद रु. ३५ हजार र उपबिजेताले नगद रु. २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...