कृष्ठरोगीलाई तिरस्कार होइन्, उपचार गरौ

Gandaki Kotihome

बेनी । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान भएका छन् ।

७२ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा एक÷एक जना कृष्ठरोगी भेटिएको जानकारी गराइएको हो ।

कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत वर्षका तीन जना सहित पाँच जनाले नियमित औषधी सेवन गरिरहेका बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा तीन जना कुष्ठरोगी पहिचान भएका थिए ।

Upper Myagdi transmition line notice

कुष्ठरोगको सबै सरकारी स्वास्थ्य संस्थामा निशूल्क औषधी उपचारको ब्यवस्था रहेको छ । आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा कुष्ठरोगले छाला र स्नायुमा असर गर्छ ।

Annapurna aarohan ko notice

यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनेुका साथै मांशपेशी पनि कमजोर हुने हुन्छ ।

हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुनु, अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिन्छ । दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु, आखीभौँ या आखाँको परेली कम देखिँदै जानु या झर्नु, आखाँ चिम्लिँदा पूरै बन्द नहुनु, हात खुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुनु कृष्ठरोगका लक्ष्यण भएका बेनी अस्पतालका प्रमुख चिकित्सक डा. रविरञ्जन प्रधानले बताउनुभयो ।

समयमै पहिचान र उपचार गरेमा कुष्ठरोग निको हुने भएकाले उनिहरुलाई तिरस्कार नभएर सहज रुपमा औषधी उपचारको ब्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । चिन्ह र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारले विभाजन गर्न सकिन्छ । पौसी व्यासिलेरी (कम किटाणु भएका)े मल्टिव्यासिलरी (बढी किटाणु भएको) जस अनुसार कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकालाई १२ महिना औषधि नियमित सेवन गर्नु पर्दछ ।

कृष्ठरोगका बिरामीको नजिकमा रहने जो कोहीले पनि कुष्ठरोगको परीक्षण गराउनु पर्छ । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुन्छ, एक मात्रा बहुऔषधि सेवन गरेमै ९९.९ प्रतिशत किटाणु निस्कृय भइ रोग निको हुने प्रादेशि जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ । यदी समयमै उपचार नगरेर अपांगता हुन सक्ने संभावना हुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...