पोखरा । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा क्लव सञ्चालनमा ल्याउनुभएको छ ।
पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १६ र १७ नम्बर रोडको बिचमा अपोजिततर्फ लेभल्स क्लव सञ्चालन गर्नुभएको हो । यो लेकसाइटको हलनचोक नजिकै छ ।
लेभल्स क्लवका सञ्चालक अमित रोका
रेष्टुरेन्ट सहितको डिस्कोमा विभिन्न परिकारको स्वादसंगै सांगितिक माहोलमा रमाउन पाइन्छ । डिजे र कलाकारको लाइभ प्रस्तुति हुन्छ । पोखराका स्थानीय ब्याडको नियमित प्रस्तुति हुने गर्छ । बेला बेलामा राष्ट्रिय कलाकारलाई समेत ल्याउने गरेको सञ्चालक रोकाले बताउनुभयो ।
यही जनवरी ३१ गतेका दिन हिमपअप गायक दोङको प्रस्तुति हुदैछ । क्लवमा अत्याधुनिक बाद्यबाधनका सामग्रीहरुको व्यवस्थापन गरिएको छ । नाच्नका लागि हल छ ।
पर्यटकहरुलाई सांगितिक माहोलमा रमाउने वातावतरणका लागि क्लव सञ्चालन गरेको रोकाले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्लीमा जन्मिएका रोका विदेशबाट फर्किएर नेपालमै ब्यवसाय गर्दै आउनुभएको छ ।
यसअघि पोखरामा साझेदारहरुसँग मिलेर क्लव सञ्चालनको अनुभव हासिल गरेका रोकाले आफ्नो एकल ब्यवसाय शुरु गर्नुभएको हो । क्लवमा करिब ६० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । ग्राहकको साथ र सहयोग पाउनेमा उहा विश्वस्त हुनुहुन्छ ।