आठौ म्याग्दी महोत्सव समापन

khali

बेनी, ः बेनीमा सञ्चालन भएको आठाँै म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ मङगलवार सम्पन्न भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा गत पुुष २८ गतेदेखि मङगलबारसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको रहेका स्टलमा दुई सय ३० वटा ब्यापारिक स्टल थिए ।

महोत्सवमा एक लाख जनाले अवलोकन गरेका र रु. १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । “लक्ष्य अनुसारकै कारोबार गर्न र दर्शक भित्र्याउन सफल भएका छौ,” उहाँले भन्नुभयो “महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई प्रवेश टिकट बिक्रीबाट करिब रु. ५० लाख आम्दानी भएको छ ।”

Shreekrishna hardwear in news

स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रबिधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो । स्थानीय उत्पादनका ३० वटा स्टलमा निशूल्क प्रर्दशनीको ब्यवस्था मिलाइएको थियो । नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारका स्टल थिए ।

पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, पुरख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य प्रतियोगिता र जातजातीको भाँकी प्रर्दशनी भएको थियो । राष्ट्रिय स्तरका कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमान बनाएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

उहाँले म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको बताउनुभयो ।

khali

चिन र भारतको ब्यापारिक प्राचिन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख ब्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दुई सय वर्ष पहिले बेनीमा चिन र भारत सम्मका मानिसहरु माघे संक्रान्ति मेलामा किनमेलका लागि आउने गर्दछे । सोही सिलसिलामा काठमाडौ उपत्यकाका नेवार समुदाय बेनीमा बसाई सरेर आएका र यहाँ बस्ति बसेको हुँदा बेनी र माघे संक्रान्ति मेलाको विशेष सांस्कृतिक महत्व रहेको छ ।

यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा एक पटक र महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघे संक्रान्ति मेला गर्दै आएको छ ।

महोत्सवको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई उत्साही बनाएको बताउनुभयो । गत पुष अन्तिम हप्ताको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारिस गरेको सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।

“सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,” अध्यक्ष ढकालले भन्नुभयो “निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।”

नेपाल उद्योग वाणिज्य संघको अगुवाईमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार भन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले बताउनुभयो ।

कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन कानुनका कारण संकुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको अध्यक्ष ढकालले प्रष्ट्याउनुभयो ।

नेपालमा प्रशस्त प्राकृतिक स्रोत र विकासका काम गर्नुपर्ने भएकाले लगानी र आम्दानीको सम्भावना भएपनि नकारात्मक भाष्य निर्माण भएकोमा दुःख व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले म्याग्दीका उद्योगी, व्यवसायीहरुले तयार पार्ने कृषि, पर्यटन, जलस्रोत सम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासंघ मार्फत सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महासचिव नारायण जिसीले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । समापन समारोहमा महोत्सवका सहयोगीहरुलाई सम्मान र विभिन्न प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...