वडा स्तरीय वास्केटबलमा पात्लेखेत बिजयी

Gandaki Ghumau

बेनी, । बेनीमा सोमबार सम्पन्न वडा स्तरीय यु–२० बास्केटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–१० पात्लेखेतले जितेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा जारी आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापारिक मेला अन्तर्गत शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा १० वटा समूहले सहभागिता जनाएका थिए ।

Gunasthariya Shiksya

जिल्ला खेलकुद विकास समिति र बास्केटबल संघ म्याग्दीको समन्वयमा कालिपुल खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । फाइनलमा अन्नपूर्ण गाउँपालिका–१ दोवालाई पराजित गर्दै पात्लेखेतले उपाधी जितेको बास्केटबल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले बताउनुभयो । ३ इन्टु ३ बास्केटबल नियम अनुसार खेलम सञ्चालन भएको थियो ।

Shreekrishna

बेनी नगरपालिकाका ओमकार रकाल उत्कृष्ट खेलाडी र अन्नपूर्ण गाउँपालिकाका रकिन गर्बुजाले उत्कृष्ट स्कोररको उपाधी पाउनुभयो । प्रतियोगितामा बिजेता र उपबिजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश रु. ५५ हजार एक सय र ३१ हजार एक सय प्रदान गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव नारायण जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...