म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी

Gandaki Kotihome

बेनी, ः म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुुविधा पुुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रिय लाइन, लघुुजलविद्युुत र सौर्य उर्जाको पहुँच पुुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रीया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुुनै किसिमको विद्युत सुविधा पुगेको देखिन्छ,” उहाँले भन्नुभयो “स्थानीय तह मार्फत तथ्याङ्कलाई पुष्ट्याई गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो ।”

Upper Myagdi transmition line notice

केन्द्रिय लाइन र लघुुजलविद्युत परियोजना नभएका कुनै घर भएमा सौर्य उर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहहरु मार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

राष्ट्रिय जनगणना –२०७८ को नतिजा अनुुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवार मध्य उज्यालोका लागि ९५ दशमलब एक प्रतिशतले बिजुुली, तीन दशमलब चार प्रतिशतले सोलार, शूून्य दशमलब पाँच प्रतिशतले मट्टितेल, शूून्य दशमलब चार प्रतिशतले बायोग्याँस र शूून्य दशमलब नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् ।

Annapurna aarohan ko notice

जनगणनाका क्रममा कुुनै पनि विद्युुतको सुविधा नपुुगेको देखिएको धवलागिरी गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका एक सय २० र मालिका गाउँपालिकाको जेमका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य उर्जा जडान गरिएको थियो । ती मध्य अधिकांश बस्तिहरुमा अहिले केन्द्रिय प्रशारणलाइनको विद्युत पुुगिसकेको छ ।

गण्डकी प्रदेश सरकार स्थापना भएदेखिनै उज्यालो प्रदेशको कार्यक्रम मार्फत विद्युत सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुदै आएको छ । केन्द्रिय लाइन नपुगेको र पुुग्न नसक्ने ठाउँमा लघुजलविद्युत परियोजना निर्माण, मर्मत सम्भार र सौर्य उर्जा जडान गर्ने योजना सञ्चालन भएको हो ।

म्याग्दीको धवलागिरी गाउपालिकाको वडा नं. १ गुुर्जा बाहेकका बस्तिमा चालुु आर्थिक बर्षमा केन्द्रिय प्रशारण लाइनको विद्युुत सुविधा पुग्ने नेपाल विद्युुत प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा लद्युुजलविद्युुत परियोजनाको सुविधा छ ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्र अन्तरर्गत २३ हजार विद्युतका ग्राहाक छन् । आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार चार सय, २०७९÷८० मा हजार दुई सय ३८ र २०७८÷७९ मा सात सय ७० घरमा केन्द्रिय लाईन जडान भएको विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।

यस वर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरीको लुलाङ, लमसुङ, खोरीया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगङ्गाको कुइनेमंगले क्षेत्रका करिब छ सय घरमा केन्द्रिय लाइनको विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको छ । म्याग्दीका दुई हजार घरधुुरीमा केन्द्रिय लाइन विस्तारका लागि वि.स. २०७९ मा नेपाल विद्युत प्राधिकरण मार्फत रु. २० करोड बजेट बिनियोजन गरेर योजना सञ्चालन गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...