घतान स्वास्थ्य चौकीको भवनको क्षमता विस्तार

Gandaki Kotihome

घतान । बेनी नगरपालिका–९ मा रहेको घतान स्वास्थ्य चौकीको भवनको क्षमता विस्तार भएको छ ।

स्वास्थ्य चौकीको पुरानो एक तले भवनबाट सेवाप्रवाह गर्न असहज भएपछि सरकारी निकाय र समुदाय स्तरबाट सहयोग जुटाएर क्षमता विस्तार गरिएको हो । पुुरानो भवनमा तला थपेर निर्माण भएको दुई वटा कोठाको आइतबार उद्घाटन र सहयोगदाताहरुलाई सम्मान गरिएको छ । रु. नौ लाख २४ हजारको लागतमा निर्माण भएको भवनको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

घतानका पुर्व वडा अध्यक्ष बेलबहादुर चोखालका अनुसार कोभिड १९ को महामारीको समयमा देश तथा विदेशमा रहेका घतानबासीले समस्यामा परेकाहरुका लागि भनेर संकलन गरेको रकम मध्ये रु दुई लाख ६० हजारबाट भवनको क्षमता विस्तारको काम थालिएको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

भवन निर्माणलाई पूर्णता दिन जिल्ला समन्वय समितिले रु. पाँच लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु. एक लाख, गलेश्वर ठुलो, सानो सल्लेरी र बञ्चरे सामुदायिक वन उपभोक्ता समूहले रु. १०÷१० हजार, लक्ष्मी नारायण ढल्के ढुङ्गा र पटरे सामुदायिक वन उपभोक्ता सहुहले आठ÷आठ हजार, तुसार पानी सामुदायिक वन उभोक्ता समूहले रु. सात हजार र घोर्लास सामुदायिक वन उपभोक्ता समूहले पाँच हजार सहयोग गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहहरुले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानीबाट भवन निर्माणमा सहयोग गरेका हुन् ।

आर्थिक उपसमितिका संयोजक गणेशबहादुर बानियाले कोरोना महामारीको समयमा समस्यामा परेका घतानबासीहरुलाई सघाउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट बचत भएको रकम भवन निर्माणमा सहयोग गर्नुका साथै कोष बनाउन लागिएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष चक्र केसीले रु. १५ लाखको विपद् कोष स्थापना भएको र सोको परिचालनका लागि बिधान बनाएर संस्था दर्ताको प्रक्रीयामा रहेको बताउनुभयो । वडा अध्यक्षको संयोजकत्वमा विपद् कोष बनाइएको हो ।
भवन उद्घाटन गर्दै जिसस प्रमुख थापाले स्थानीय तहले ५० प्रतिशत साझेदारी गर्ने प्रस्ताव ल्याएमा त्यस्ता योजनामा जिससले साझेदारी गर्न तयार रहेको बताउनुभयो । बेनी नगरपालिका प्रमुख सुरत केसीले बेनी स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र स्वास्थ्य चौकीमा आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने बताउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले सामाजिक उत्तरदाहित्वमा रहेर स्वास्थ्य चौकीलाई सहयोग गरेको बताउदै चौकीमा डिजिटल वोर्ड राख्नका लागि सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो । संयोजक चोखालको अध्यक्षता, आर्थिक संकलन संयोजक बानियाँको स्वागत र घतान स्वास्थ्य चौकीकी प्रमुख जमुना शर्मा सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...