रत्यौली प्रतियोगितामा ब्रह्माण समाज बिजयी

khali

बेनी, । बेनीमा जारी आठौ म्याग्दी महोत्सव अन्तर्गत आइतबार रत्यौली गित प्रतियोगिता सम्पन्न भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवका अवसरमा भएको रत्यौली प्रतियोगितामा चार वटा समूहले सहभागिता जनाएका थिए । ब्रह्माण समाजको समूह प्रथम र क्षेत्री समाजको समूह दृतीय भएका निर्णायक मण्डलका संयोजक कृष्ण जिसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा रघुगंङ्गा गाउँपालिका–३ मौवाफाँटको पवित्रा आमा समूह र मंङ्गला गाउँपालिका–१ पूर्णगाउँको टोलीले पनि भाग लिएका थिए । प्रथम र दृतीयलाई रु. २५ हजार एक सय र १५ हजार एक सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

Shreekrishna hardwear in news
khali

महोत्सव स्थल खुल्लामञ्चमा रत्यौली प्रतियोगितामा सहभागीहरुले बिवाह घरको झै वातावरण बनाएका र झल्को दिएका थिए । क्षेत्री र ब्रह्माण समुदायमा बिवाहका समयमा ठ्ट्यौली र व्यङग्यातमक हिसाबले रत्यौली गित गाउने चलन रहेको छ ।

दुलाहको घरबाट जन्ति दुलही लिन हिडेपछि नफर्कदासम्म बेहुलाको घरमा रत्यौली गाउने चलन छ । रत्यौली गित र नाच ठट्यौली किसिमको हुन्छ । मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुसार रत्यौली गित प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा प्रतियोगिता संयोजक लिलाराम गौतमले बताउनुभयो ।

यसअघि मगर र छन्त्याल जातीको मौलिक पुरख्यौली गित र नृत्य प्रतियोगिता भएको थियो । भजन प्रतियोगिता, विभिन्न जातजातीका झाँकी प्रर्दशनी, एकल नृत्य प्रतियोगिता भएको छ । महोत्सव अन्तर्गत रु. एक लाख एक हजार एक सय पुरस्कार राशीको लोक दोहोरी गित प्रतियोगिता पनि सञ्चालन भएको छ । लोक दोहोरीमा १६ समूह सहभागी छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...