रत्नेचौर जागरण कपको ट्रफी सार्वजनिक

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा यही माघ १५ देखि १९ गतेसम्म सञ्चालन हुने चौथो रत्नेचौर जागरण कपको ट्रफी आइतबार सार्वजनिक गरिएको छ ।

रत्नेचौर जागरण समूहले आयोजना गरेको प्रतियोगिताको पुर्व प्रतिनिधीसभा सदस्य भूपेन्द्रबहादुर थापाले ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट रत्नेचौरको पर्यटन प्रर्वद्धन र प्रचारप्रसारका लागि सहयोग पुग्ने विश्वास गर्नुभयो ।

समूहका अध्यक्ष खमबहादुर पुनको अध्यक्षता, उपाध्यक्ष दानबहादुर महतको स्वागत र समूहका सचिव हरीबहादुर महतको सञ्चालनमा भएको कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर थापा, पुर्व जिविस उपसभापति एकेन्द्रबहादुर रावल, पुर्व गाविस अध्यक्ष नेत्रबहादुर महत, पुर्व वडा अध्यक्ष टेकबहादुर रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समूहका संस्थापक अध्यक्ष गणेश बहादुर बोगटी, भानु माविको ब्यवस्थापन समितिका अध्यक्ष श्याम रोका, समूहका निवर्तमान अध्यक्ष मन्नु रावल, रत्नेचौर युवा क्लवका अध्यक्ष हिराबहादुर बोगटीको उपस्थिति थियो । रत्नेचौरका अगुवा, आमा समूह, टोल विकास संस्थाहरुको पनि उपस्थिति थियो ।

सो अवसरमा हुने खुल्ला÷पालिका÷वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. एक लाख एक हजार एक सय एघार र रु. ५१ हजार एक सय ११ पुरस्कार प्रदान गरिने भएको छ । एकल नृत्य प्रतियोगिताको बिजेतालाई रु. पाँच हजार र छेलो फाल्ने प्रतियोगिताको बिजेतालाई रु. पाँच हजार पुरस्कार प्रदान गरिने समूहका सदस्य अमर बोगटीले बताउनुभयो ।

पुरुष भलिबलको प्रथम पुरस्कारको प्रायोजन स्व. खड्गबहादुर पुनको स्मृतिमा उहाँका परिवारले गर्नुभएको छ भने दृतीय पुरस्कारको प्रयोजन हाल मलेसीयामा रहेका बिष्णु बोगटीले गर्नुभएको छ । एकल नृत्यको पुरस्कार प्रयोजन ई. टिकाबहादुर थापा र छेलो फाल्ने प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजन कुमार पुनले गर्नुभएको छ ।

तोरी फुलेर मनमोहक बनेको रत्नेचौर पृष्ठभूमिमा देखिने धौलागिरी हिमालको दृष्य अवलोकनका लागि पछिल्लो समय पर्यटकको गन्तब्य बनेको छ । रत्नेचौरको श्रीहरी मन्दिर र कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि रत्नेचौरको अर्को आकर्षण हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...