जरबुटामा जिप दुर्घटनामा एक जनाको मृत्यु

Gandaki Kotihome

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ जरबुटामा जिपले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बेनी देखि जरबुटातर्फ जादै गरेको ग १ ज ५९९१ नम्बरको जिपमा च्यापिएर शनिबार बिहान जरबुटाका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Notice about ban dadalo

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार खत्रीले चलाएको बोलेरो जिप घुमाउने क्रममा सडकको भित्तामा ठोक्किदा च्यापिएको अवस्थामा शनिबार राती १ बजे उद्दार गरिएका उनको बेनी अस्पतालमा पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरी, स्थानीयबासी र आफन्तहरुले खत्रीलाई उद्दार गरेर अस्पताल पु¥याएका थिए । जिपमा सवार अन्य दुई जनाको अवस्था भने सामान्य रहेको छ । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...