पुरख्र्यौली नाच प्रतियोगितामा मुनाका कलाकार विजयी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको बेनीमा बुधबार मगर समुदायको मौलिक पुरख्यौली नाच प्रतियोगिता सम्पन्न भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल मगर संघ म्याग्दीले आठौ म्याग्दी महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा आठ वटा समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा धवलागिरी गाउँपालिका–३ मुनाका कलाकार समूह प्रथम र अन्नपूूर्ण गाउँपालिका–८ काफलडाडाको समूह दृतीय भएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बिजेता र उपबिजेतालाई रु. ३५ हजार एक सय र २० हजार एक सय नगद पुुरस्कार प्रदान गरिएको छ । सहभागि सबै समूहलाई नगद रु. आठ हजारका दरले उपलब्ध गराइएको छ । प्रतियोगितामा सहभागी बिम पुख्र्याैली समूह, ओखोरबोट पुख्र्याैली समूह, निस्कोट पुख्र्याैली समूह, पाखापानी पुख्र्याैली समूह, चिमखोला पुख्र्याैली समूह, र नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको पुख्र्यौली समूहलाई रु आठ हजारको दरले नगद पुरस्कार सहित प्रमाणपत्रद्धारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, प्रमुख जिल्ला अधिकारी गुरुदक्त ढलका, संघका प्रथम उपाध्यक्ष एवं कलासंस्कृति प्रतियोगिता उपसमितिका संयोजक लिलाराम गौतम, मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर पुन लगायतले बिजेता र उपबिजेता समूहलाई पुरस्कार प्रदान गर्नुभएको थियो । महोत्सवमा आयोजित पुख्र्यौलीलगायतका मौलिक कला र संस्कृतिको प्रतिस्पर्धाले महोत्सव स्थल संगीतमय बनेको छ ।

मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुरख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि प्रतियोगिता आयोजना गरेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । “पुरख्र्यौली नाच मगर समुदायमा पुर्खौ देखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाचयुवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो,” प्रतियोगिताका संयोजक लिलाराम गौतमले भन्नुभयो “नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको हो ।’’

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...