बेनी, ः म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि बुधबारदेखि ¥याफ्टिङ सञ्चालन गरिएको छ ।
जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–८ जलेश्वर र बगरफाँटबाट कालीपुल हुदै म्याग्दी र कालीगण्डकीको दोभानसम्म पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो ।
कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा रिभर एक्पोलर नेपाल प्रा.ली.सँग समन्वय गरेर ¥याफ्टिङ सञ्चालन भएको हो । जलेश्वर देखि बेनीसम्मको करिब दुई किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताउनुभयो ।
“म्याग्दी महोत्सवको अवसर पारेर पर्यटक आकर्षित गर्न ¥याफ्टिङ सुरुआत गरेका हौ,” उहाँले भन्नुभयो “पर्यटकहरुको चाहना र इच्छा अनुसार बेनी देखि लामो दुरीमा पनि ¥याफ्टिङ सञ्चालन गर्छौ ।”
जलेश्वर देखि दोभानसम्म प्रतिव्यक्ति रु. आठ सय र बगरफाँट देखि प्रतिव्यक्ति रु. छ सय शूल्क तोकिएको छ । ¥याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने गाइड सन्तोष गिरीले बताउनुभयो ।
कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । बेनी आसपासको क्षेत्रमा छोटो दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने गिरीले बताउनुभयो ।
दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । जलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ ।