बेनी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण तिर्थस्थल हुन् ।
दामोदरकुण्डबाट शुरु भई वारागुङ मुक्तिक्षेत्रको कागबेनी हुदै बग्ने कालीगण्डकी देवघाटमा पुगेर त्रिशुलीसँग मिसिएर नारायणी बनेको छ । दुई वटा स्थानीय तहले धार्मिक भगिनी सम्बन्ध कायम गरेका हुन् ।
असल अभ्यास आदानप्रदानका साथै मुक्तिनाथ, कागबेनी र देवघाटको धार्मिक सम्बन्धलाई थप मजबुद बनाउन भगिनी सम्बन्धले मद्दत गर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो । कृषि, पर्यटन, शुसासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान
अध्ययन अवलोकनका लागि देवघाट पुगेका वारागुङ मुक्तिक्षेत्र र देवघाटका जनप्रतिनिधीहरुबीच धार्मिक भगिनी सम्बन्धको प्रस्ताव पत्रमा हस्ताक्षर गरि आदानप्रदान गरिएको छ ।
प्रस्तावनापत्रमा देवघाटका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोविन्द पौडेल र वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।