प्रजनन्योग्य बोका प्रर्दशनी

Gandaki Kotihome

बेनी, । बेनीमा आइतबार प्रजनन्योग्य बोका प्रर्दशनी भएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र म्याग्दीले आठौ म्याग्दी महोत्सवको अवसरमा बोका प्रर्दशनीको आयोजना गरेको हो ।

पाँच जना कृषकहरुले पालेका बोका प्रर्दशनीमा राखिएको थियो । बेनी नगरपालिका–२ का कर्णबहादुर खड्काले पालेको बोयर जातको बोकाले प्रथम स्थान हाँसिल गरेको छ ।

Notice about ban dadalo

यसैगरी बेनी नगरपालिका–३ का धनबहादुर श्रीसले पालेको बोका दृतीय र गोपाल खत्रीको बोकाले तेस्रो स्थान हाँसिल गरेको छ । बेलढुङ्गा कृषक समूह र आनन्द रिजालले पनि आफ्नो फार्ममा पालेको बोकालाई प्रर्दशनीमा ल्याउनुभएको थियो ।

Shreekrishna hardwear in news

प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. १५ हजार, १० हजार र आठ हजारका दरले नगद सहित पुरस्कृत गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले बताउनुभयो । कृषकहरुलाई प्रोत्साहन र प्रतिस्पर्धी भावनाको विकास गर्ने उद्देश्यले बोका प्रर्दशनी गरिएको उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...