पाहुनाको स्वागतका लागि झकीझकाउ बेनी बजार

Gandaki Kotihome

बेनी, । बेनीमा आइतबारदेखि शुरु हुन लागेको आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ को तयारी पुरा भएको छ ।

स्टल ब्यवस्थापन, मञ्च सजावट, कलाकारलाई निमन्त्रणा, झाँकी तथा खेलकुदका कार्यक्रम तय भइ सोही अनुसारको तयारी पुरा भएको हो । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सव सञ्चालन हुन लागेको हो ।

माघ ८ गतेसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको शनिबार साँझ म्याग्दी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । महोत्सवमा दुई सय ३० वटा स्थलहरु रहेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने तय भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

महोत्सव उद्घाटन अघि म्याग्दीको सांस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रमा गर्ने कार्यक्रम छ । टोल टोलमा प्रवेशद्धार बनाइएको छ । बजार ध्वजा पटकाले सजाएर चिटिक्क पारिएको छ । महोत्सवमा एक लाख आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

Notice about ban dadalo

रु. दश करोड बराबरको ब्यापारिक कारोबार हुने महोत्सव सञ्चालनका लागि रु. एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ । सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमात्र बनाउने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले बताउनुभयो ।

म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।

स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहनेछन् । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जाजाती, जनजाती झाँकी प्रर्दशनी पनि रहेका छन् ।

महोत्सवको अवसरमा आयोजना गरिने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख ५१ हजार र उपबिजेतालाई रु. ७५ हजार एक सय पुरस्कारको ब्यवस्था गरिएको छ । लोक दोहोरी गित प्रतियोगितामा बिजेतालाई रु. एक लाख एक सय र उपबिजेतालाई रु. ६१ हजार एक सय पुरस्कार रहेको छ ।

महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा रु. दश लाख, विपद् राहत कोषमा रु. पाँच लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक संघ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापुर्व कालदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरुप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...