बेनी, म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिरचोक स्थित एक श्रृङगार पसलको गोदाममा शुक्रबार राती आगोलागी भएको छ ।
नेपाल बाल सङगठनको भवनमा भाडामा रहेको अञ्जित खानको खान श्रृङगार पसलको गोदाममा राती ९ बजेतिर आगोलागी भएको हो ।
स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेनी नगरपालिकाको दमकलको सहायतामा करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए । स्थानीयबासीहरुले बाल्टिमा बोकेको पानी र दमकलको प्रयोग गरि आगो नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख भरत श्रेष्ठले जुत्ताचप्पल समेत राखिएको भवनको तेस्रो तलामा विद्युत सर्ट भई आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । क्षतिको विवरण शनिबार निकालिने उहाँले बताउनुभयो ।