बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिकामा वन्यजन्तुको चोरी शिकारी हुने गरेको पाइएको छ ।
वन्यजन्तुको अवैध चोरी शिकारीका कारण पर्यावरणीय असरका साथै पशुुबाट मानिसमा सर्ने (जुनोटिक) रोगको जोखिम देखिएको छ । अन्तराष्ट्रिय प्राइमेटोलोजिकल समाजको सहयोगमा अनुुसन्धानकर्मी विश्वनाथ रिजालले धवलागिरी गाउँपालिकामा वन्यजन्तुको शिकारको अवस्थाका विषयमा गर्नुभएको प्रतिवेदन सार्वजनिक भएको हो ।
उहाँले नौ महिनाअघि धवलागिरी गाउँपालिकाको सात वटा वडाका ११ वटा विद्यालयको कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थीहरुमा वन्यजन्तुको चोरीशिकारको विषयमा अध्ययन गर्नुभएको थियो ।
“युवा, वयस्क र वुुढ्यौली अवस्थाका नागरिकले चोरीशिकारको बारेमा तथ्य लुुकाउने भएकाले मावि तह अध्ययन गर्ने विद्यार्थीबाट सूचना लिन सर्वेक्षण गरिएको थियो,” रिजालले भन्नुभयो “औषधी र भान्साको सब्जीकै लागि वन्यजन्तुको शिकार गरेको भेटियो ।”
सो क्षेत्रमा सबै भन्दा बढी पहरे बाँदर चौध प्रतिशत, रातो बाँदर १३ प्रतिशत, कालिज १३ प्रतिशत, रतुवा १० प्रतिशत, मृग नौ प्रतिशत र चिरकालिज सात प्रतिशत शिकार भएको सर्वेक्षणको नतिजामा उल्लेख छ ।
पासो थाप्ने, डडेलो लगाउने, गुुलेली, वन्दुुक आदी हातहतियारको प्रयोग गरेर वन्यजन्तु र पंक्षीहरुको शिकार हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । रेविज, मंकिपक्स, वर्ड फ्लूूू, इबोला भाइरस, जापानिज इनसेफलाइटिसलगायत ६० भन्दा बढी पशुबाट मानिसमा सर्ने रोगहरु छन् । पशुुबाट मानिसमा सर्ने रोगलाई जुुनोटिक भनिन्छ ।
वन्यजन्तुको चोरीशिकारी नियन्त्रण, मानव–वन्यजन्तु बीचको द्धन्द न्युनीकरण, जुुनेटिक रोगको विषयमा जनचेतना अभिवृद्धि र पर्यावरण संरक्षणको उद्देश्य सहित धवलागिरी वातावरणीय मेला गरिएको छ । यही पुुष १६ देखि २० गतेसम्म धवलागिरी गाउँपालिका–६ अर्वाङ्ग स्थित जनविकास माविको परिसरमा गरिएको मेलामा वन, वन्यजन्तु एवम वातावरण संरक्षण सम्बन्धी विभिन्न सन्देशमुलक कार्यक्रम भएको थियो ।
पुष १६ गते देखि १९ गते सम्म त्यस क्षेत्रको बिद्यालयहरुमा निबन्ध, चित्रकला, जनचेतना मुलक कक्षा सम्पन्न भएको थियो । साथै सोहि समय दुई वटा बिद्यालयका दुई सय ५० जना बिधार्थी हरुलाई कपि, कलम ड्रविङ्ग बुक, कलर पेन्सिल, बक्स आदि समेत बितरण गरिएको थियो ।
पौष २० गते जन विकास माध्यमिक बिद्यालयका शिक्षक, बिधार्थीहरुले त्यस ग्रामिण भेगमा बन्य जन्तु संरक्षण गरौँ, बन्य जन्तुको सिकार गर्नु अबैध हो, बन डढेलो नगरौ, हाम्रा पहाडको संरक्षण गरौ, जुनेटिक रोगबाट बचौ सम्बन्धि नारा लाउदै र प्लेकार्ड बोकेर गाउँ परिक्रमा गरि रयाली प्रदर्शनी गरेका थिए ।
झन्डै चार सय जना शिक्षक, बिधार्थी एवं अभिभावक सहभागी भेलामा वन, बन्य जन्तु एवं वातावरण जगेर्ना गर्ने प्रतियोगितात्मक बक्तब्य, चित्रकला, नाटक संगीत आदिको प्रदर्शनी भएको थियो ।
बाँदरको प्रकृतिमा हुने महत्वपूर्ण भूमिका बारे समेत सहभागी बिद्यार्थीहरुले प्रष्ट रुपमा ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा त्यस भेगको घन्टीबाङ्ग, अर्बाङ्ग, घुम्टे ताल, हाङ्ग बाङ्ग ४ वटा आमा समुहहरुले आफ्नो नाच गान प्रस्तुति गर्नु भएको थियो ।
बिद्यार्थीहरुले बन डढेलो, बन्यजन्तुको चोरी सिकारी जस्ता कार्य अबैध हो र बन्य जन्तुको मासु सेवनले जुनेटिक रोग हुने, बाँदरले मात्र झन्डै ६० प्रकारका जुनेटिक रोग बोकेको हुने बारे नाटक, सगीत, गित एवं बक्तब्य मार्फत जानकारी गराएका थिए ।
मंकीपक्स भाइरस लगायत अन्य जुनोसिस रोग बारेका पोस्टर, जुनोसिस रोग हुने कारण र यसबाट जोगिने उपायका पोस्टर समेत प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बिद्यार्थीहरुले वन, बन्य जन्तु एवं वातावरण संरक्षण झल्कने आफ्ना चित्रकला समेत प्रदर्शनीमा राखेका थिए ।
उक्त कार्यक्रममा शिक्षक हेमन्त कृष्ण आचार्यले अब हामीले वन, बन्य जन्तु एवं वातावरण संरक्षणमा सचेत हुनै पर्ने भएको, अब पनि बन्दुकका ड्याङ्ग ड्युङ्ग आवाज रोकिनु पर्ने, बन्य जन्तु एवं डढेलो रोकिनु पर्ने बारे मिठो संगीतबाट सहभागीलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा वार्ड ६ का वडा सचिव बिशाल रोका ले समेत अब त हामी वन, बन्य जन्तु एवं वातावरण संरक्षण गर्न हातेमालो गर्न ढिलो नगरौ भन्नु भयो ।
कार्यक्रममा सोहि क्षेत्रको सत्रबाङ्ग थाम डाँडा समुदायिक बनका अध्यक्ष पदम बहादुर गर्बुजाले वन, बन्य जन्तु एवं वातावरण संरक्षण गर्न यस्ता कार्यक्रमले हामीलाई पक्कै झक्झकाएको कुरा ब्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा वडा अध्यक्ष राजाराम उपाध्यायले अबका दिनमा वन, बन्य जन्तु एवं वातावरण संरक्षण हातेमालो गर्दै अगाडी बढ़ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । स्थानिय समाजसेवी चक्र पुनले दुर दराजमा यस्ता कार्यक्रमले निकै महत्व राख्ने भएको ले आयोजकलाइ धन्यवाद दिदै स्थानियहरुलाई उधेश्य प्राप्ति को लागि लाग्नु महत्व पूर्ण हुने बताउनुभयो ।
कार्यक्रमको आमा समुह, स्थानिय प्रगति युवा क्लबका भाई बहिनिहरुले समेत सह कार्य गरि कार्यक्रमलाई रोचक बनाउनु भएको थियो । कार्यक्रमका प्रमुख तथा यलभीडीआइ इन्टरनेसनलका राष्ट्रिय संयोजक विश्वनाथ रिजालले आफुहरुले ९ महिना अगाडी देखि धवलागिरी गाउँ पालिका क्षेत्रका सम्पूर्ण वार्डका बिद्यालयहरुमा बन्य जन्तु को सिकार अबैध रहेको र यसबाट जुनोसिस जस्ता रोग फैलिने बारेका जनचेतना मुलक शैक्षिक कार्यक्रम सम्पन्न गरि सकेको र बिधार्थी एवं ग्रामिण समुदायबाट नै रोचक ढंगले जानकारी गराउन यो मेला आयोजना गरिएको बताउनु भयो ।
साथै सोहि मेलामा नेपालमा पाइने बाँदरको फोटोमा धेरै सहभागीले आ आफ्नो मोबाइलबाट फोटो लिएर सामाजिक संजालमा पोस्ट गरि पुष मसान्त सम्म सबै भन्दा बढी लाईक, कमेन्ट पाउने जम्मा ५ जनालाई पुरस्कृत गरिने अभियान समेत जारि रहेको र हाल सम्म उक्त फोटो आफ्नो सामजिक संजालमा पोस्ट गर्ने शिक्षक सम्पूर्ण सुवेदी अग्र स्थानमा देखिनुभएको छ ।