तुसारेपानीमा खेलमैदान र आमा समूहको भवन उद्घाटन्

khali

सुरेन गुरुङ
तुसारेपानी, । म्याग्दीको मङ्गला गाउँपालिका–१ तुसारेपानीमा मनकामना युुवा क्लवको खेलमैदान र आमा समूहको भवन मङगलबार उद्घाटन गरिएको छ ।

खेलमैदान रु. ६७ लाख ३० हजार र भवन रु.१३ लाख ३२ हजार चार सय ६२ को लागतमा निर्माण भएको हो । खेलमैदान निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारबाट रु. ३५ लाख ५० हजार, रु. २१ लाख आठ हजार छ सय ५६ चन्दा सहयोग र क्लवको रु. दश लाख १७ हजार पाँच सय लगानी भएको छ ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्याराफिट र स्टेज पनि रहेको छ । घेराबार गरिएको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।

Shreekrishna hardwear in news
khali

आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठि सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ । पुर्व सांसद नरबहादुर पुन, जग्गादाता वुुद्धिराम पुन र निर्माण समितिका अध्यक्ष समेत रहेका प्रवेशद्धार निर्माता खड्क बहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गर्नुभएको थियो ।

खेलमैदानको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र प्रथम तुसारेपानी कप एवम् माघे संक्रान्ति मेलाका प्रमुख अतिथि मुक्तिप्रसाद रोकाले संयुक्त रुपमा उद्घाटन गर्नुुभएको थियो । युवा क्लवका बेलबहादुर पुर्जाले खेलमैदान र आमा समूहकी बालदेवी पुर्जाले भवन निर्माणको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

खेलमैदान निर्माणमा रु. ६६ लाख ७६ हजार एक सय ५६ आम्दानी र रु. ६७ लाख ३० हजार खर्च तथा आमा समूह भवन निर्माणमा रु. १२ लाख ९१ हजार पाँच सय पाँच आम्दानी र रु. १३ लाख ३२ हजार चार सय ६२ खर्च को विवरण प्रस्तुत गरिएको थियो ।

सो अवसरमा प्रथम तुुसारेपानी कप तथा माघे संक्रान्ति मेला पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष एकजित रोका लगायतको उपस्थिति थियो । कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...