म्याग्दी क्याम्पसको ३४औ वार्षिकोत्सव

khali

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसले बिहिबार विभिन्न कार्यक्रम गरेर ३४औ वार्षिकोत्सव मनाउन थालेको छ ।

वार्षिकोत्सवको अवसरमा बेनीमा आठ किलोमिटर दौड प्रतियोगिता, स्नाकोत्तर तह उतिर्ण विद्यार्थीलाई सम्मान र उद्यमशिलता विकास सम्बन्धि तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

दौड प्रतियोगिताको छात्रतर्फ म्याग्दी क्याम्पसका लिलाबहादुर खत्री प्रथम, प्रकाश माविका विराज परियार दृतीय र न्यु वेष्ट पोइन्ट आवासीय माविका सुजन राना तृतीय भएका छन् । खत्रीले २७ मिनेट ५६ सेकेण्ड, परियारले २८ मिनेट १३ सेकेण्ड र रानाले २८ मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

छात्रातर्फ मुक्तिधाम माविकी सोनिया खड्का प्रथम, राष्ट्रिय माविका अन्जली खत्री दृतीय र न्यु वेष्ट पोइन्ट आवासीय माविका अनिषा थापा तृतीय भएका थिए । खड्काले ३४ मिनेट ३८ सेकेण्ड, खत्रीले ३४ मिनेट ५० सेकेण्ड र थापाले ३५ मिनेटमा दुरी पार गर्नुभएको थियो ।

khali

क्याम्पस परिसरबाट शुरु भएको दौड प्रतियोगिता बेनी–दरवाङ सडकको चुत्रेनी पुगेर पुनः क्याम्पसमा पुगेर समापन भएको थियो । म्याग्दी जिल्ला र पर्वतको जलजला गाउँपालिकाका माध्यमिक देखि क्याम्पस तह अध्ययन गर्ने विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

छात्रतर्फ १५ र छात्रातर्फ १० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रथम, दृतीय र तितृयलाई क्रमश ः रु. पाँच हजार, चार हजार र तीन हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा स्नाकोत्तर तह उतिर्ण हुने २६ जना पुर्व विद्यार्थीलाई सम्मान र विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उद्यमशिलता विकास तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले पुष २२ गतेसम्म वार्षिकोत्सवको अवसरमा विबिध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । २२ गते क्याम्पस सभाका साथै भारतीय राजदुतावासको सहयोगमा निर्माण भएका कक्षाकोठा र छात्रावास भवन उद्घाटन गर्ने कार्यक्रम छ । यसपालीको क्याम्पससभाबाट नयाँ सञ्चालक समिति चयन हुने भएको छ ।

वि.स. २०४८ पुष १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई, स्नातक र स्नातकोत्तर तहमा एक हजार जना भन्दा बढी विद्यार्थीहरु छन् । विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त गरेको क्याम्पसले क्युएएलाई निरन्तरताका साथै विद्यार्थी संख्या बढाउन र भर्ना भएका विद्यार्थी टिकाउनुपर्ने चुनौति रहेको सञ्चालक समितिका पुर्व अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...