घारमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर

khali

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पाठेघरको मुखको क्यान्सर परिक्षण र स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा पुष १६ गते घार स्वास्थ्य चौकीमा भएको शिविरमा ९८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

khali

भिआइए पोजेटिभ भएका चार र कार्भिभल पोलप देखिएका दुई जनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरामा प्रेषण गरिएको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सन्जिव कुमार यादव, स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल, नारच्याङ, घार र शिख स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको शिविरमा वडा अध्यक्ष रामबहादुर खड्का पनि सहभागी हुनुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...