म्याग्दी महोत्सवभर पर्यटकलाई निःशुल्क बास दिने टोड्के हिल रिसोर्टको घोषणा

Gandaki Kotihome

म्याग्दी। म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य ‘टोड्के’मा समुदायले सञ्चालन गर्दै आएको ‘टोड्के हिल रिसोर्ट’ले आठौं म्याग्दी महोत्सव अबधिभर पर्यटकलाई निःशुल्क बास दिने घोषणा गरेको छ। टोड्केको प्रवद्र्धनमा सहयोग पु¥याउन र महोत्सवलाई सफल बनाउने उद्धेश्यले निःशुल्क बासको घोषणा गरिएको हो।  

dolpa

‘हामी म्याग्दी महोत्सवभरि पर्यटकलाई एक रात निःशुल्क बास बस्न दिन्छौं’, रिसोर्टका अगुवा भीम शेरचनले एभरेस्ट पेडियालाई भने, ‘खाना र खाजाको भने पैसा तिर्नुपर्दछ।’
म्याग्दी उद्योग वाणिज्य संघले यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म सदरमुकाम बेनीबजारमा ‘म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला’ आयोजना गर्दैछ। 

Shreekrishna hardwear in news

टोड्के हिल (२४३० मिटर) म्याग्दीको सदरमुकाम बेनीबजारको शिरमा छ। यहाँ वि.सं. २०७५ देखि ३५ जना गाउँलेको लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ जहाँ ११ ओटा कोठा र १० ओटा टेन्ट छन्। 

स्मरणीय छ, टोड्के हिमालय दर्शन, सूर्योदय र सूर्यास्त अवलोकनका साथै धार्मिक हिसाबले महत्त्वपूर्ण छ। डाँडाबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम दृश्य देखिन्छ।  
टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्न सकिन्छ। आध्यात्मिक हिसाबले टोड्के क्षेत्रको ठूलो महत्व छ। पुराणहरूमा कालाञ्जर पर्वतको वर्णन पाइन्छ। टोड्के पनि कालाञ्जर क्षेत्रमै पर्छ। स्वर्गद्वारी महाप्रभु लगायत धेरैले यहाँ तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ।

Notice about ban dadalo

टोड्केको रोमान्टिक वातावरणमा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ। हिमाली  मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लट्ठै बनाउँछ। बर्सात्मा भुइँकुहिरोले लुकामारी खेल्छ। जमिन भुइँफूलले रंगीन बन्छ। पुस–माघमा सेताम्मे हिउँ पर्छ। फागुन–चैतमा लालीगुराँसको बैंस चढ्छ। त्यतिबेला मन उज्यालो बन्छ।

DSC_8913-1735721517.jpg

टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन्। पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्। मगर बाहुल्य गाउँमा होमस्टे सुविधा पाइन्छ।  
पछिल्लो समय चर्चामा आएको उत्कृष्ट गन्तव्य हो, टोड्के। बेनीबजारबाट जिप, मोटरबाइक र मिनिबसमा टोड्के जान सकिन्छ।  

कसरी पुग्ने ?

काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा। बेनीबाट टोड्केसम्म पदयात्रा गर्न ८ घन्टा लाग्छ। बेनी बजारको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के १४ किमि। केभहिलभन्दा माथि ४ घन्टा पदयात्रामा कुनै वस्ती छैन। बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। सडक मार्गबाट जीप तथा मोटरबाइकमा पुग्न सकिन्छ, जीपमा डेढदेखि दुई घन्टा लाग्छ।  
रुट १–बेनी, अर्थुङे, झीँ गाउँ हुँदै टोड्के १९ कि.मि।  
रुट २– बेनी, अर्थुङे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के १५ कि.मि।  
रुट ३–बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ कि.मि।  
रुट ४–बेनी, सिम, कुहुँ गाउँ हुँदै टोड्के २९ कि.मि।  
रुट ५–बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के १९ कि.मि।  

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...