अनेमसंघ बेनी नगर कमिटिको सम्मेलन

Gandaki Kotihome

बेनी, । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको सोमबार बेनीमा सम्पन्न दोस्रो सम्मेलनबाट कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय कमिटि चयन भएको ।

कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र कोषाध्यक्षमा साधना श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यहरुमा निर्मला सापकोटा, लक्ष्मी सापकोटा, रेखा कुँवर, सुन्तली केसी, लक्ष्मी खत्री, अस्मिता श्रेष्ठ, माया दर्जी, रस्मिता मिजार र जानकी शर्मा निर्वाचित हुनुभएको अनेमसंघ बेनी नगरपालिका कमिटीले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्दै अनेमसंघका केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले एमालेले महिलाहरुलाई अगाडि बढाउन आवश्यक नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको बताउनुभयो । एमाले गण्डकी प्रदेश सदस्य एवं बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले महिलालक्षित विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिँदै पालिकामार्फत सञ्चालित कार्यक्रमहरुको सदुपयोग गर्न महिलाहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यद्वय खरमाया बिटालु र सिर्जना केसीले आर्थिक, राजनीतिक तथा सामाजिक हक तथा अधिकारको लागि महिलाहरु आफै अगाडि बढ्नुपर्ने बताउँदै एमाले पार्टीले महिलाहरु को उत्थानका लागि थुप्रै कामहरु गरेको बताउनुभयो । कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुन, नगर कमिटी अध्यक्ष बेलबहादुर कटुवाल र अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गर्दै एमाले पार्टीलाई जनताको नजरमा स्थापित गराउने कार्यमा अनेमसंघको भूमिका विशेष रहेको चर्चा गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटनसत्र अनेमसंघ बेनी नगर कमिटीको निवर्तमान अध्यक्ष मिना राम्जालीको अध्यक्षता, उपाध्यक्ष कृष्णकुसुम चन्द शाहीको स्वागत र सचिव शारदा रानाको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मेलनको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व जिल्ला सदरमुकाम बेनीमा ¥याली निकालिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...