
बेनी । म्याग्दी जेसीजको सन २०२५ को शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित हुनुभएको छ ।
बेनीमा शनिवार सम्पन्न २६ औँ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट घर्तिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । कानुनी सल्लाहकारमा सुमन बानियाँ, बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सज्जन श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा सुनिता श्रेष्ठ, डेकमाया केसी, महासचिबमा देवेन्द्र घिमिरे र कोषाध्यक्षमा नविन पौडेल चयन हुनुभएको छ ।

त्यसैगरि शाखा सम्पादकमा कृष्ण प्रसाद पौडेल, सहसचिबमा गोकुल सुनार, सहकोषाध्यक्षमा तेजिन्द्र बहादुर खत्री, उपाध्यक्षमा कपिल बानियाँ, गणेश सुवेदी, प्रतिश श्रेष्ठ, सूर्य गौतम, तालिम संयोजकमा सचिना सापकोटा र थिम डाइरेक्टरमा विशाल खत्री चयन हुनुभएको निर्वाचन समितिका सदस्य सुजन बरुवालले जानकारी दिनुभयो ।

युवाहरुको नेतृत्व व्यक्तित्व विकासमा सक्रिय जेसीजले म्याग्दीमा खेलकुद, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्यलगायत सामाजिक गतिविधिमा समेत रचनात्मक कार्यहरु गर्दै आएको छ ।
