माउन्टका विद्यार्थीको स्वास्थ्य परिक्षण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षणका लागि पाँच दिने निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन भएको छ ।
आइतबार देखि सुरु उक्त शिविरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिने विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनुभयो । शिविरको पहिलोदिन आइतबार कक्षा ६ सेक्सन ए र वि का ६० जना विद्यार्थीहरुको आँखा,नाक,कान,घाँटी,मुटु को परिक्षण गरिनुका साथै पाण्डे पोलिक्लिनिकका चिकित्सक शम्भुराज पाण्डेले आवश्यक स्वास्थ्य परामर्श दिनुभएको थियो ।
त्यसैगरी आइतबार नै कक्षा ८ सेक्सन ए र कक्षा १० का ४८ जना विद्यार्थीहरुको रक्त समूह पचिान गरिएको थियो । सोमबार (आज) बिहान सात बजेदेखि रक्त समूह पहिचानका लागि बाँकी रहेका कक्षा ८ र १० का विद्यार्थीहरुको रक्त परिक्षण सुरु भएको छ ।
सोमबार (आज) सार्वजनिक बिदा परेकाले मंगलबारदेखि बाँकी रहेका कक्षाका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिने प्रिन्सिपल केसीले बताउनुभएको छ ।
स्वास्थ्य परिक्षण शिविरमा चिकित्सक पाण्डे सहित बेनी अस्पतालका ल्याब टेक्निसियन सफल सुवेदी र नर्स रचना राम्जालीले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिरहनुभएको छ ।
त्यसैगरी मानसिक अवस्थालाई नियन्त्रण गर्न नसक्दा कम उमेरमा बढ्दो आत्महत्याका घटनालाई मध्यनजर गर्दै कक्षा १० का विद्यार्थीहरुलाई आत्महत्या दुरुत्साहन सम्वन्धि एक दिने अभिमुखीकरण तथा मोटिभेशन कार्यक्रम पनि आइतबार नै सम्पन्न भएको छ ।
भारतको कलकत्ताबाट आएका मनोविमर्शकर्ता सन्जय विश्वासले आत्महत्या र यसबाट उत्पान्न हुने दीर्घकालीन दुष्परिणामका बारेमा विद्यार्थीहरुलाई बताउनुभएको थियो ।
विद्यालयले विद्यार्थी लक्षित विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गदै आइरहेकोले स्वास्थ्य शिविर र मनो विमर्श तालिम त्यसैको निरन्तरता भएको प्रिन्सिपल केसीले बताउनुभयो । विद्यालयले विद्यार्थीहरुको स्वास्थ्य,शैक्षिक,मानसिक र अन्य समग्र पक्षहरुलाई समेटेर वैयक्तिक शैक्षिक फाइल निर्र्माण गर्न लागेको र यस अभियानमा अभिभावकहरुको सकारात्मक सहयोग प्राप्त भइरहेको प्रिन्सिपल केसीले बताउनुभयो ।
यसका अतिरिक्त विद्यार्थीहरुमा चारित्रिक दीप्ति,नैतिक बल र व्यवहारिक ज्ञान प्रदान गर्ने अभियान अन्तर्गत विभिन्न किसिमका कार्यक्रम संचालन भइरहेका उहाँले जानकारी दिनुभयो ।
छात्रवासमा रहेका विद्यार्थीहरुलाई दैनिक रुपमा बिहान ५ बजे विद्यालयको हलमा योगा ध्यान सिकाइनुका साथै विभिन्न धार्मिक,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउँदै आएको विद्यालयले विद्यार्थीहरुलाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गर्नका लागि थप कार्यक्रमहरु आयोजना गर्न लागिएको जनाएको छ ।
म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल विद्यालयले नियमित पठनपाठन र अतिरिक्त क्रियाकलाप बाहेकका अन्य जीवनोपयोगी र सीपमूलक कार्यक्रमहरु पनि संचालन गर्न लागिएको प्रिन्सिपल केसीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...