आठौ म्याग्दी महोत्सवका लागि दुई सय ५० वटा स्टल बुक

khali

बेनी, । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको आठौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका सबै स्टल बुक भएका छन् ।

महोत्सव स्थल खुल्ला मञ्चभित्र रहने एक सय ३३ वटा ब्यापारिक स्टल अपुग हुने भएपछि मञ्च बाहिर पनि थप ३० वटा स्टल बनाउन लागिएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष सुविन श्रेष्ठले होटल तथा रेष्टुरेन्टका २३, वन, कृषि र स्थानीय उत्पादनका २३ वटा, विद्यालय शैक्षिक संस्थाका सात वटा, स्थानीय तहका छ वटा स्थल रहने बताउनुभयो । “स्थानीय उत्पादन, कृषि, उद्यम र पालिकाका स्टललाई निशूल्क प्रर्दशनीको ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “जिल्लाका फेन्सी र खाद्यान्न ब्यवसायिहरुले पनि स्टल बुक गर्नुभएको छ ।”

Shreekrishna hardwear in news

खुल्ला मञ्चमा स्टल निर्माण थालिएको स्टल संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो । महोत्सवको तयारीका लागि जिल्ला, प्रदेश र काठमाडौमा पुगेर आर्थिक स्रोत जुटाउने, प्रचारप्रसार र समन्वयका लागि सरोकारवालाहरुसँग छलफल गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । काठमाडौमा रहेका म्याग्दीसँग सम्बन्धित सम्पर्क समाजहरुलाई पनि महोत्सवमा निमन्त्रण गरिएको छ ।

प्रभु बैंक मुख्य प्रायोजक रहने महोत्सवको गोर्खा ब्रुअरी र धौलागिरि कालिका हाइड्रोपावर लिमिटेड पनि प्रयोजक रहने तय भएको छ । रु. दश करोड बराबरको ब्यापारिक कारोबार हुने महोत्सव सञ्चालनका लागि रु. एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ ।

khali

सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमात्र बनाउने संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको बताउनुभयो ।

स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहनेछन् । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जाजाती, जनजाती झाँकी प्रर्दशनी पनि रहेका छन् ।

महोत्सवको अवसरमा आयोजना गरिने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख ५१ हजार र उपबिजेतालाई रु. ७५ हजार एक सय पुरस्कारको ब्यवस्था गरिएको छ । लोक दोहोरी गित प्रतियोगितामा बिजेतालाई रु. एक लाख एक सय र उपबिजेतालाई रु. ६१ हजार एक सय पुरस्कार रहेको छ ।

महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा रु. दश लाख, विपद् राहत कोषमा रु. पाँच लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक संघ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापुर्व कालदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरुप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...