नागरिकताको सिफारिस अनलाइनबाटै

Gandaki Kotihome

बेनी ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने ब्यवस्था मिलाएको छ ।

यस्तो ब्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने ब्यवस्था मिलाएको बताउनुभयो ।

Upper Myagdi transmition line notice

“गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (संकेत) नम्बर सहित प्रशासनमा पठाउछन्,” उहाँले भन्नुभयो “संकेत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रुजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।”

Annapurna aarohan ko notice

अनलाइन प्रणालीबाट नागरिकता सिफारिस सम्बन्धी सेवा प्रवाहका लागि वि.स. २०६० चैत ७ गते भन्दा पछि जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट गरिएको छ । वि.स. २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा प्रशासनका कागजपत्र जलेका कारण अभिलेख नराखिएको हो ।

राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, आन्तरिक राजस्व कार्यालयले जारी गरेको प्यान नम्बर, सवारी चालक अनुमतिपत्रलाई पनि सफ्टवेयरमा समावेश गरिएको छ । अनलाइन मार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झञ्जट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो हुने प्रजिअ ढकालको भनाई छ ।

म्याग्दीका छ वटै स्थानीय तहका ४५ वटा वडाका अध्यक्ष, सचिव र पञ्जिकरण शाखाका कर्मचारीलाई शुक्रबार र शनिबार बेनीमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्ने प्रक्रीयाको विषयमा तालिम दिइएको थियो । गृह मन्त्रालयका सूूचना प्रबिधि अधिकृत दिवस कार्की र प्रभात खरेलले तालिमको सहजिकरण गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले यसअघि सेवाका लागि निवेदन आवश्यक नपर्ने ब्यवस्था मिलाएको थियो । सिफारिसकै आधारमा सेवा दिने ब्यवस्था मिलाएपछि सेवाग्राहीलाई सहज भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...