गोपाल आचार्य
ताकम, । सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा क्रिसमस पर्वको अवसरमा बुधबार म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गतका विद्यालयहरुबीच टिकटकमा भर्चुअल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ताकम मावि प्रथम, वृद्धि विकास मावि मुदी दृतीय, वृद्धि विकास माविको अर्को समूह तृतीय र चन्द्रज्योती मावि खिवाङ सान्तवना भएका छन् । प्रथम हुने ताकम माविका विद्यार्थीहरुको नृत्य निर्देशन शिक्षक सुमन केसीले गर्नुभएको थियो ।
नृत्यलाई सामाजिक सञ्जाल टिकटक मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । प्रथम, दृतीय र तृतीय पुरस्कारको प्रायोजन राजाराम सुवेदी, दिपक खत्री र प्रेमबहादुर भण्डारीले गर्नुभएको थियो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/12/Dance-computation-1024x768.jpg)
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)