शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए

khali

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् ।

मङसिर–पुष महिनाको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । बसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुनु ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिटि टे«कीङ कम्पनीबाट आएका चार जना आरोहीहरु शुक्रबार नारच्याङ देखि आधार शिविर तर्फ प्रस्थान गरेका बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

“नारच्याङ देखि गाडीमा हुमखोला पुगेका स्ेपन, इटली र इराकका चार जना पर्वतारोहीहरु त्यहाँ देखि पैदलयात्रा गरेर आधार शिविरतर्फ गएका हुन,” उहाँले भन्नुभयो “शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि हामीले थाहा पाएका छैनौ ।”

नेपाली सहयोगी र शेर्पा सहित आएका उनिहरु केही दिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले बताउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको छ । दसै, तिहारको समयमा करिब पाँच हजार जनाले आधार शिविर क्षेत्रको भ्रमण गरेका थिए । चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा पानी जमेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...