बेनी । बेनी नगरपालिका स्तरीय भलिबल संघको पुनःगठन भएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता र जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाको अध्यक्षतामा बुधबार बेनीमा भएको भलिबल खेलाडीहरुको भेलाले संघ पुनःगठन गरेको हो ।
रन्जित बानियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा कुमार शाही, सचिवमा देवेन्द्र खत्री, कोषाध्यक्ष शुसिला चन मल्ल र सहसचिवमा अर्जुन खत्री रहनुभएको छ ।
सदस्यहरुमा डेक घर्ति, सिर्जन खत्री, जिवन केसी, सुनिय बानिया, रेखा बानिया (कुवँर) र बन्जित खत्री रहनुभएको छ । याम थापा, पुस्कल खत्रीलाई सल्लाहकारमा चयन गरिएको छ ।
भेलामा संघका निवर्तमान अध्यक्ष तथा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष कृष्ण सिंह बानियाको पनि उपस्थिति थियो । यसअघि धवलागिरी र मालिका गाउँपालिका स्तरीय भलिबल संघको पनि पुनःगठन गरिएको थियो ।