आप्रवासी स्रोत केन्द्रबाट करिब दुई हजार लाभान्वित

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिकाले सञ्चालन गरेको आप्रवासी स्रोत केन्द्रबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को पाँच महिनामा करिब दुई हजार जना लाभान्वित भएका छन् ।

अन्तराष्ट्रिय आप्रवासन दिवस–२०२४ को अवसरमा बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा रहेको सहायता कक्षबाट गत साउन देखि मङसिर महिनासम्म भएका गतिबिधी सार्वजनिक गरिएको थियो ।

सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले साउन देखि मंसिर महिनासम्म एक हजार नौ सय ९६ जनाले सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श प्राप्त गरेको जानकारी गराउनुभयो ।

Upper Myagdi transmition line notice

३७ जनाले बैदेशिक रोजगार सम्बन्धि ठगी उद्दार मृतक, आर्थिक सहायता, उपचार सहायता, लगायत विभिन्न सहजीकरण मार्फत लाभान्वित भएको, एक जनाले सान्त्वना राहत प्राप्त गरेको, साउदीमा मृत्यु भएका परिवारलाई सामाजिक शुरक्षा प्राप्त गर्ने प्रक्रिया अनुसार एउटा समस्या समाधान गरिएको र तीन परिवारले रु. १८ लाख १० हजार रकम प्राप्त गरेका, बैदेशिक रोजगारीका क्रममा एजेन्ट मार्फत ठगी भएको चार वटा समस्या समाधान गरि रु. छ लाख ३० हजार फिर्ता गराउन सफल भएको र २६ जना लाभान्वित भएका छन् ।

Annapurna aarohan ko notice

त्यसैगरी इन्स्योरेन्स आर्थिक सहायता बापत एउटा समस्या समाधान गरि रु. ३१ लाख प्राप्त गर्न सफल भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । आप्रवासी श्रोत केन्द्रले पारिवारिक स्व्यास्थ्य उपचार, शव ल्याउन सहजीकरण, कामदारलाई उपचार सहायता, उद्दार कार्यमा सहजीकरण, बिदेशमा समस्या श्रम, भिषा चेक लगायतका समस्या समाधान गरेको जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बैदेशिक रोजगारमा जाँदा प्रक्रिया पुर्याएर गएको अबस्थामा कुनै समस्या भएमा सुरक्षित रुपमा स्वदेश ल्याउने काम भएको र प्रक्रिया नपुर्याई गएको अबस्थामा त्यस्ता समस्या समाधान गर्न अफ्ठ्यारो अवस्था आउने भएकोले बैदेशिक रोजगारमा जाँदा प्रक्रिया पु¥याएर जान समेत आग्रह गर्नुभयो ।

आप्रबासी दिवसको अवसरमा बिगत ९÷१० वर्ष देखि मलेसिया काम बिहिनभइ अलपत्र परि स्वदेश ल्याई पुर्याइएका म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीका बिर बहादुर घर्तीलाई बेनी नगरपालिकाले १० हजार सहयोग गरेको छ ।

कार्यक्रम बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षता, रोजगार शाखाका संयोजक कुलचन्द्र रेग्मीको संचालन, बेनी नगरपालिका उपमयेर ज्योति लामिछानेको स्वागतमा सम्पन्न भएको थियो । सेवा ग्राही रघुगङ्गा गाउँपालिकाका अमर केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

अन्तराष्ट्रिय आप्रवासन संगठनको प्रतिबेदन अनुसार विश्वभरी २८.१ करोड मानिसहरु आप्रबासीको रुपमा रहेका छन् जसमध्ये आप्रबासी श्रमिकहरुको संख्या १६.९ करोड रहेको छ । यता म्याग्दी जिल्लाको अबस्थालाई हेर्ने हो भने वर्षेनी पाँच देखि छ हजारको संख्यामा राहदानी बन्ने गरको छ । त्यसैगरी वार्षिक रुपमा श्रम स्वीकृति लिएर श्रम गर्ने जानेको संख्या पनि उल्लेख्य रहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...