माथिल्लो म्याग्दी निर्माणका लागि लगानी जुट्यो

khali

बेनी, । धवलागिरी गाउँपालिकामा ४–मा निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।

हाइड्रो इम्पायर प्रा.लि.ले निर्माण गर्ने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा पाँच वटा बैङ्कहरुले रु. पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी जुटेको हो ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट अमित श्रेष्ठ, नेपाल एसबिआईबाट सन्तोष पुन, सिटिजन्स बैंकको तर्फबाट रोशन मल्ल, एभरेष्ट बैंकबाट उमेश गेलाल र नबिल बैंकको तर्फबाट निशेष हरी राज भण्डारीले आइतबार काठमाडौमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

Shreekrishna hardwear in news

बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत रु. छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ । ब्याजसहित ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको पे ब्याक पिरियड करिब १२ वर्ष रहेको छ ।

khali

आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ । आयोजना पूरा भएपछि २१५.७१४ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि १०.२ किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ ।

आयाजनाको काम अबको साढे दुई वर्षभित्रै सम्पन्न गरेर नमुना आयोजना बनाउने कम्पनीका अध्यक्ष काजी शेर्पाले बताउनुभयो । यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले सक्षम प्राविधिक समूह भएका कारण भौगोलिक अनुकुलताले आयोजना प्रभावकारी हुने बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उदयकान्त झाले प्राविधिक पक्ष राम्रो भएको र लगानी समेत जुटीसकेकोले निर्धारित समयमा सम्पन्न गर्ने दाबी गर्नुभयो । हालसम्म आयोजनास्थल पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ ।

आयोजनाले निर्माण गर्नुपर्ने करिब नौ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको कम्पनीले जानकारी दिएको छ । सुरक्षार्थ आवश्यक नेपाली सेनाका लागि आवास (आर्मी क्याम्प) को व्यवस्था र अन्य सिभिल संरचनाका लागि ठेकेदार परिचालन भइ कार्य सुरु भइसकेको छ ।

आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पर्दाथ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...