
बेनी, । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औ स्थापना तथा हिरा स्मृति दिवसको सन्दर्भमा शनिबार बेनीमा जिल्ला स्तरीय अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
१२ विद्यालय सहभागी प्रतियोगितामा प्रकाश माविका प्रसिस रिजाल प्रथम, म्याग्दी एकेडेमी सिंगाका अस्सिना बानिया दृतीय, मुक्तिधाम मावि भगवतिका रेजिना भण्डारी दृतीय, लिटिल गार्डेएनका दिक्षा पौडेल र बेनी सामुदायिक माविका अभिशेक पौडेल सान्तवना हुनुभएको छ ।
प्रथम, दृतीय, तृतीय र सान्तवनालाई प्रमाणपत्रको साथमा रु. १० हजार, पाँच हजार, तीन हजार र एक हजारका दरले नगद पुरस्कार वितरण गरिएको थियो । ‘राज्यका तीन खम्बे अर्थनितीमा सहकारीको भूमिका’ शिर्षकमा वक्तृत्वकला भएको थियो ।


सहकारीका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता र शिक्षा उपसमिति संयोजक कोमल प्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिजयी विद्यार्थीहरुलाई बेनी नगरपाकिलाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष चिरञ्जिवी बोगटी, सल्लाहकार कोषानन्द आचार्य र सहभागी विद्यालयहरुको शिक्षकका तर्फबाट सन्तोष पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
वि.स. २०६५ मङसिर २९ गते स्थापना भएको मुक्तिनाथ सहकारीले बेनीको मुख्य कार्यालयका साथै घतान र रघुगंङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको सेवा केन्द्रबाट सेवा दिदै आएको छ । सहकारीले स्थापना दिवससँगै संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृतिमा पनि विबिध कार्यक्रम गर्दै आएको छ ।
