रुम र बेगमा माओवादीको वडा कमिटि गठन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुम र रघुगङ्गा गाउँपालिका–१ बेगमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटिको सम्मेलन मङगलबार सम्पन्न भएको छ ।

रुममा भएको सम्मेलनबाट दिनेश पुन अध्यक्ष र खिम रसाईली सचिव रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ । बेगमा नागेन पुर्जाको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।
रुमको सम्मेलनमा मन्तब्य व्यक्त गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य, पुर्वमन्त्री तथा माओवादीका युवा नेता रेशम बहादुर जुग्जाली (सुविन)ले राजनीतिक परिवर्तन र उपलब्धीको रक्षा सहित गाउँगाउँमा विकास र सुविधा पु¥याउने माओवादीको नीति रहेको बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उहाँले अदिभारा देखि डाडागाउँ हुदै लामेला जोड्ने सडकका लागि आफू मन्त्रीहुँदा बिनियोजन भएको बजेट मार्फत स्तरोन्नतिको काम शुरु भएको, अदिभारामा मोटरेबल पुल निर्माणाधिन रहेको र रुम हुदै ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि बहुबर्षीय ठेक्का लगाउन सर्वेक्षण भइसकेको जानकारी दिनुभयो ।

बेगको सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोजक सेरबहादुर केसीले माओवादी सरकारमा हुँदा भित्रिएका आयोजना र माओवादीका जनप्रतिनिधीले गरेको कामबाट जनताले अवसर पाए विकास गर्ने पार्टी माओवादी भएको बुझ्न थालेका बताउनुभयो ।

गण्डकीप्रदेश सभा सदस्य तथा माओवादीका युवा नेता हरि बहादुर भण्डारीले अघिल्लो कार्यकालका सांसद बिनोद केसीको सिफारिसमा सञ्चालित पिप्ले–भगवती–बेगखोला सडक आयोजनाको पिप्ले–भगवति खण्डको कालोपत्र भएको, भगवती–बेगखोला खण्ड स्तरोन्नतिका लागि यस वर्ष बुहबर्षीय ठेक्का लगाउन प्रक्रीया अघि बढेको र बेगखोला देखि बेग गाउँ जोड्ने सडक स्तरोन्नति योजनाको ठेक्का आव्हान भइसकेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...