बेनी । म्याग्दी मोवाईल एण्ड ईलेक्ट्रोन्किस संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट केशवराज (अर्जुन) आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा बिनोद सुवेदी, सचिवमा श्रीप्रसाद आचार्य, कोषाध्यक्षमा रामकृष्ण सुवेदी रहनुभएको छ ।
सदस्यहरुमा नवराज सुवेदी, पुरुषत्तम शर्मा, नन्दकली सापकोटा, बेलबहादुर केसी, रुद्र चोखाल, ओसिन श्रेष्ठ, कृष्ण पौडेल, भिमकुमारी बस्नेत सापकोटा, टुङ्गनाथ कडेल, सन्जय पुन, दिपक खड्का र नारन पौडेल रहनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष उदय बहादुर केसी (लाउरेदाई)ले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।