सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी– नेता ज्ञवाली

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार दिउँसो बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन सम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधीकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

“सिफारिस समितिले आयोगका पदाधीकारीको छनौट गरेर सूची सार्वजनिक गर्ने र आज भोलीनै आयोग गठन गर्ने सरकारको तयारी छ,” उहाँले भन्नुभयो “आयोग गठन भएपछि २० वर्षदेखि थाति रहेको शान्ति प्रक्रीयाको बाँकी कामले पूर्णता, पिडितले न्याय र पिडकले सजाय पाउनेछन् ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुुरक्षण कोष बनाउने तयारी सरकारले गरेको जानकारी दिनुभयो ।

“सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महशुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो “सहकारीको बचत अपचलनमा जोडिएका जोसुकैलाई पनि सरकारले अनुसन्धानको दायरामा ल्याउँछ । दोषी देखिए कारबाही हुन्छ ।”

कानुन कार्यान्वयन गर्ने निकायहरुलाई स्वतन्त्र दंगले काम गर्ने दिनुपर्ने बताउदै उहाँले सडक र भिड जम्मा गरेर फैसला नहुने बताउनुभयो । सरकारले विश्वका सबै देशहरुसँग सन्तुलित सम्बन्ध स्थापित गराउने प्रयास गरेको ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्रीको यसै हप्ता भएको चिन भ्रमणले सात वर्षअघि भएको बिआरआई सम्झौता कार्यान्वयनमा अघि बढेको बताउनुभयो । राजनीतिक अस्थिरता र अराजकताको अन्त्यका लागि काँग्रेस र एमालेबीच सत्ता सहकार्य भएको नेता ज्ञवालीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...