दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमा

khali

बाबियाचौर । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ ।

मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा संचालन हुने म्याग्दी जिल्ला स्तरीय अन्तर मा.वि. छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगितामा ६२ टिमको सहभागिता रहने भएको छ ।

मंगला मा.वि. बाबियाचौरमा बिहिबार आयोजित पत्रकार सम्मेलन तथा टेक्नीकल मिटिङमा छात्रतर्फ २०, छात्रा १३, पुरुष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता रहने जानकारी गराईएको हो ।

Shreekrishna hardwear in news

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको नर्सरी नै विद्यालय भएकाले विद्यालय स्तरीय खेलको गत वर्षदेखि संचालन गरिएको बताउनुभयो । जिल्लाका प्रत्येक पालिकामा खेल संचालन गर्ने योजना अनुसार यो दोस्रो म्याग्दी भलिबल कप मंगला गाउँपालिकाको बाबियाचौरमा आयोजना गर्न लागिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

khali

मंगला मावि र डर्निङ वोर्डिङको प्राङ्गणमा खेल संचालन गरिनेछ । प्रतियोगिताको खेल तालिका पनि गोलाप्रर्थाद्वारा तयार गरिएको छ । उद्घाटनका दिनमा सहभागि विद्यालयकोतर्फबाट मार्चपास समेत गरिने अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः५० हजार र २५ हजार सहित रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक पुरुष तथा महिलातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः२५ हजार र १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गौमति खत्री विकास कोष रहेको छ भने प्राविधिक संयोजन मंगला भलिबल संघले गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिनेछ ।

पत्रकार सम्मेलन म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता र मंगला भलिबल संघका सल्लाहकार श्रीराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरु,मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी लगायत सहभागि विद्यालयका शिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...