प्रधानमन्त्रीको चिन भ्रमण उपलब्धीमुलक ः नेता ज्ञवाली

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमण उपलब्धीमुलक भएको बताउनु भएको छ ।

नेकपा एमाले म्याग्दीको आयोजनामा बिहिबारदेखि बेनीमा शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेता ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले नेपालका विकास आयोजनामा चिनको लगानी भित्रने भएकाले उपलब्धीपूर्ण मान्नुपर्ने बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बिआरआई फ्रेमवर्क सम्झौतामा उल्लेखित आयोजनाहरु कार्यान्वयन भएमा नेपालको पूर्वाधार, आर्थिक, जलविद्युत, ब्यापार, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुग्ने बताउनुभयो । बिआरआई सम्झौता ऋण नभएको नेता ज्ञवालीको भनाई छ ।

Shreekrishna

अराजकता र अस्थिरताको अन्त्यका लागि भएको एमाले र काँग्रेसको सत्ता सहकार्यमा कुनै समस्या नरहेको ज्ञवालीले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा ज्ञवाली सहित प्रदेश ईञ्चार्ज किरण गुरुङ, प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनन्जय दवाडी, नेताहरु सुन्दर लामिछाने, टुकराज सिग्देल, नरदेवी पुन, भुपेन्द्र थापा लगायतले प्रशिक्षण दिनुहुने एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...