बेनी । २१ औ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस बिहिबार म्याग्दीका विभिन्न स्वास्थ्य संस्थाहरुमा मनाइएको छ ।
धवलागिरी गाउँपालिका–७ ताकम स्वास्थ्य चौकीको आयोजनामा १० जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई रु. दुई हजार पाँच सयका दरले नगद र प्रंशसापत्र प्रदान गरिएको थियो । पछिल्लो एक वर्षमा उत्कृष्ट कार्य गर्ने स्वमसेविका अस्मिता खत्रीलाई थप एक हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ धवलागिरीका अध्यक्ष तेजिन्द्र थापा, ताकम स्वास्थ्य चौकीका ईञ्चार्ज लोकनाथ पौडेल, अहेव राजिन थापा, स्वमेविका राधिका पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी मुना स्वास्थ्य चौकीमा स्वास्थ्य हाजिरीजवाफ प्रतियोगिता, उत्कृष्ट स्वमसेविकालाई सम्मान गरेर दिवस मनाइएको छ । वडा अध्यक्ष देवेन्द्र रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । म्याग्दीका अन्य स्वास्थ्य चौकीहरुमा पनि दिवस मनाइएको छ ।
“विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाको भूमिका, स्वस्थ् समाज निर्माणमा सहभागिता” भन्ने नाराका साथ यसपालीको दिवस मनाइएको हो ।