बेनी, । नेकपा (माओवादी केन्द्र) जलजला गाउँपालिका कमिटिको सम्मेलन आगामी पुष १ गते हुने भएको छ ।
मिलनचोकमा बुधबार बसेको पालिका कमिटिको विस्तारित बैठकले सम्मेलनको मिति तय गरेको अध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।
आचार्यको अध्यक्षता र सचिव सोमबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादीका नेता तथा राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदी, सुदिप कुँवर लगायतको उपस्थिति थियो ।