पोखरेबगर । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा मङगलवार ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
अन्नपूर्ण गाँपालिकाको आर्थिक सहयोगमा अपाङ्गता सञ्जाल अन्नपूूर्णले पोखरेबगरमा दिवसको अवसरमा अपाङ्गता क्षेत्रमा योगदान पु¥याएका प्रेरणादायी व्यक्तिहरुलाई सम्मानका साथै सहायता सामग्री वितरण गरिएको हो ।
अपाङ्गतामैत्री पत्रकारिता गरेवापत अन्नपूूर्ण–६ का घनश्याम खड्का र वडा नं. ५ का सुरेन गुरुङ, अन्नपूूर्ण–३ का काभ्रेका शिक्षक सुजन बुुढाथोकी, अपाङ्गताका कारण ३० वर्षदेखि थला परेका नन्दहरुको ३० वर्षदेखि स्याहार सुसार गरिरहेकी अन्नपूूर्ण–४ पटारकी गौमाया बिकलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले सम्मान गर्नुभएको थियो । सञ्जालले विभिन्न विद्यालयमा अध्ययनरत २० जना अपाङ्गता भएका विद्यार्थीहरुलाई हेयरिङ, सेतो छडी लगायतका सहायता सामग्री वितरण गरिएको थियो ।
अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाका सबै बर्गका अपाङ्गता परिचयपत्रबहाकहरुलाई कुनै पनि शिफारिस गर्दा शूूल्क नलाग्ने, स्वास्थ्य बिमा गरिदिने, आयआर्जनमा जोड्न विउकोषको रकममा थप गरिदिने र पर्याप्त बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अन्नपूूर्ण गाउँपालिकाले बजेट बिनियोजन, अपाङ्गता क्षेत्रका कार्यक्रम निर्माण, अपाङ्गता भएका व्यक्ति तथा कार्यक्रमलाई सम्मानपूूर्वक सम्बोधन, सहभागिता लगायतको असल अभ्यास गरेको स्थानीय तहको रुपमा सञ्जालले कदरपत्र प्रदान गरेको छ ।
अपाङ्ग संघ म्याग्दीका अध्यक्ष विशाल बिकले अन्नपूूर्ण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि गण्डकी प्रदेश र म्याग्दी जिल्लामा असल अभ्यास गरेको बताउनुभयो ।