बेनपा–८ मा कम्प्युटर तालिम

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ का बासिन्दाहरुलाई लक्षित गरेर कम्प्युटर सम्बन्धी तालिम शुरु भएको छ ।

डिजिटल साक्षरताको माध्यमबाट दैनिक जिवनयापनलाई सहज बनाउने र कम्प्युटर सम्बन्धी ज्ञान सिपको विकास मार्फत स्वरोजगार तथा आयआर्जन वृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले कम्प्युटर डिप्लोमा कार्ष तथा ग्राफिक्स डिजाइन सम्बन्धी तालिम तीन महिना सञ्चालन हुने जानकारी दिनुभयो । ५० जनाको लक्ष्य रहेको तालिमको उद्घाटन कार्यक्रममा ३५ जना सहभागि भएका थिए ।

Shreekrishna hardwear in news
khali

आवेदन माग गरेर तालिममा सहभागि छनौट गरिएको हो । प्रौद्ध उमेरकाले आधारभूत र डिप्लोमा तथा युवा युवतिहरुले ग्राफिक्स डिजाइन सम्बन्धी तालिम लिन लागेका हुन् ।

ब्यवसायका लागि पनि कम्प्युटर सम्बन्धी ज्ञान अनिवार्य जस्तै भएकाले प्रौद्ध उमेरका ब्यापारीहरुले पनि कम्प्युटर सिक्न थालेका छन् । तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

उहाँले सिपयुक्त जनशक्ति उत्पादनमा नगरपालिकाले जोड दिएको बताउदै सिकेको सिपको ब्यवहारमा सदुपयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...